Matra Education आइतबार, साउन १० २०८३

प्रदेश शिक्षा मन्त्रीसँग एक किलो १९ तोला सुन, अरू सम्पत्ति कति ?

प्रदेश शिक्षा मन्त्रीसँग एक किलो १९ तोला सुन, अरू सम्पत्ति कति ?

  • मात्र एजुकेशन
  • बुधबार, भाद्र ९ २०७८


काठमाडौँ- मन्त्रिपरिषद् विस्तार भएको दुई महिनापछि गण्डकी प्रदेशका मन्त्रीहरूले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मङ्गलवार वेबसाइटमार्फत नौ मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गरेको छ ।

गण्डकीमा ११ मन्त्री छन् । युवा तथा खेलकुद मन्त्री दीपक मनाङे र कृषिमन्त्री चन्द्रबहादुर बुढाले सम्पत्ति विवरण बुझाएका छैनन् ।

सार्वजनिक सम्पत्ति विवरणअनुसार गण्डकीका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठसँग एक किलो १९ तोला सुन छ । १५ लाख नगद तथा सात किलो दुई तोला चाँदी र एक थान हीराको औँठी मन्त्री श्रेष्ठले सम्पत्ति विवरणमा देखाएका छन् । मन्त्री श्रेष्ठले यसको स्रोत पैतृक तथा पेवा उल्लेख गरेका छन् । उनी र उनको परिवारका सदस्यको नाममा काठमाडौँको ४ ठाउँमा जग्गा छ, स्याङ्जाका भीरकोट नगरपालिकामा २ ठाउँमा जग्गा छ । उनको  स्याङ्जाको भिरकोट र काठमाडौँको नागार्जुनमा पक्की घर पनि रहेको छ

श्रेष्ठसँग १ किलो १९ तोला सुन छ । उनले यसलाई पैतृक तथा पेवा सम्पत्ति भनेका छन् । ७ किलो २ तोला चाँदी, एउटा हिराको औँठी र नगद मौज्दात १५ लाख रुपैयाँ गरेको श्रेष्ठले सार्वजनिक गरेका छन् । श्रेष्ठ र परिवारको नाममा करिब ७ करोड रुपैयाँ बैङ्क तथा वित्तीय संस्थामा बचत रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।

मन्त्री श्रेष्ठसँग ८ वटा बैङ्क तथा वित्तीय संस्थाको शेयर छ भने सिटिजन्स बैंकबाट २ पटकमा गरी ऋण ७ करोड ९० लाख रुपैयाँ ऋण लिएका छन् । मन्त्री श्रेष्ठसँग एउटा कार, २ वटा स्कुटर छ भने स्याङ्जाको भीरकोटस्थित सुन्तला बगैंचाबाट प्रति वर्ष ६ लाख रुपैयाँ आम्दानी हुने देखाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड