Matra Education आइतबार, साउन १० २०८३

एउटा यस्तो व्यक्तिको कथा जसले पटक पटक हारलाई हरायो

एउटा यस्तो व्यक्तिको कथा जसले पटक पटक हारलाई हरायो

  • मात्र एजुकेशन
  • मंगलबार, साउन २६ २०७८


तपाईँ व्यक्तित्व विकास वा उद्यमशीलता सम्बन्धी विषयहरूमा रुचि राख्नुहुन्छ भने तपाईँले पक्कै सुनेको नाम हो ज्याक मा। चीनको एउटा गाउँमा मध्यम वर्गीय परिवारमा जन्मिएर देशकै सबैभन्दा धनी व्यक्ति हुँदै विश्व धनाढ्यहरूको सूचिमा पर्न सफल यी अर्वपतिको जीवनका भोगाइहरू जति रोचक छन् त्यति नै प्रेरणादायी पनि छन्। जिन्दगीले पटक पटक खुवाएको हारलाई नै चुनौती दिँदै आफ्नो लक्ष्यमा दृढ भएर असफलतालाई नै सिँढी  बनाएर सफलताको गन्तव्य भेटाएका ज्याक जो कोहीलाई पनि उत्प्रेरित गर्न सक्ने व्यक्ति हुन्। उनको एउटा गाउँदेखि अलिबाबा सम्मको यात्रालाई यहाँ सारमा प्रस्तुत गरिएको छ।

गरिब परिवारमा जन्मिएकाले ज्याकका आधारभूत बाहेकका आवश्यकता कहिल्यै पुरा हुँदैनथे। उनका  पिता जीवनयापन गर्नका लागि नाटक र कहानी  सुनाउने काम गर्थे। उनलाई सानैदेखि अङ्ग्रेजी सिक्न मन थियो तर उनको परिवारसँग उनलाई हाम्रो स्कुलमा पढाउने पैसा थिएन। उनले त्यो  समस्याको समाधान आफ्नै खोज्ने निर्णय गरे। आफ्नो ठाउँमा पर्यटकहरूको घुइँचो  देखेर उनले त्यसैलाई अवसर बनाउने निर्णय गरे र पथप्रदर्शकको रूपमा काम गर्न थाले  । यसो गर्दा उनले  बढीभन्दा बढी समय पर्यटकहरू सँग बिताउन पाउँथे र अङ्ग्रेजीमा बोल्ने कोसिस गर्थे। चीनमा त्यति बेला चिनियाँ भाषानै  मुख्य भाषा भएकाले अङ्ग्रेजी सिक्न जरुरी ठानिँदैनथ्यो  तर उनलाई भने जसरी पनि अङ्ग्रेजी सिकिछाड्ने पागलपनले  छोएको थियो।

उनले यो काममा धेरै वर्ष बिताए। त्यसपछि उनी अङ्ग्रेजी भाषामा पोख्त मात्रै  भएनन् अङ्ग्रेजहरूको काम गर्ने प्रविधि र  तरिकाका विषयमा पनि राम्रो जानकार भए।   उनलाई मायुंन  बाट ज्याक मा भन्ने नाम परिवर्तन पनि विदेशीले नै गरिदिएका थिए। ज्याक पढाइमा कहिले पनि राम्रो विद्यार्थी हुन सकेनन्। उनी कक्षा पाँचमा दुई चोटि  र कक्षा आठमा तिन चोटि  फेल भएका थिए। पछि जब उनले विश्वविद्यालय पढ्ने  समय भयो त्यहाँको प्रवेश परीक्षामा पनि उनी पटक-पटक असफल भए।  उनी   प्रसिद्ध हार्वर्ड विश्वविद्यालयमा भर्ना हुन चाहन्थे।  तर उनलाई त्यहाँ १० चोटि रिजेक्ट  गरियो।  फेरी प्रयास गर्नु अघि नै उनलाई अर्को एउटा सामान्य विश्वविद्यालयमा  भर्ना लिइयो। त्यहीँबाट उनले अङ्ग्रेजीमा ग्र्याजुएसन  गरे।  त्यसपछि उनी  रोजगारीका लागि साना ठुला थुप्रै कम्पनी गए। सबैमा रिजेक्ट गरियो। प्रहरीको नोकरीका लागि पनि प्रयास गरे त्यहाँ पनि नतिजा उही। यहि क्रममा उनको सहरमा के  एफ सी  को प्रवेश भयो र उनले जागिर का लागि त्यहाँ पनि आवेदन दिए। २४ जनाको आवेदन परेकोमा ज्याक मात्रै एउटा रिजेक्टेड  निवेदक  बन्न पुगे।

अझै पनि उनी निराश भएनन् र हुन्झाउ  विश्वविद्यालयमा अङ्ग्रेजी विषयको लेक्चरर बने। ६ वर्ष त्यहाँ काम गरेपछि उनी एउटा अन्तर्राष्ट्रिय व्यापार कम्पनीसँग दुई वर्षसम्म सम्बन्धमा रहे। उनलाई त्यहाँ राम्रो जागिर त मिल्यो तर सन्तुष्टि मिलेन। उनी आफ्नो लक्ष्य त्यहाँ नभेटिने मा निश्चित भए । उनको दिमागमा केही नयाँ  गर्नुपर्छ भन्ने सोच थियो।  यही क्रममा उनले आफ्नो एक साथीबाट इन्टरनेटको बारेमा थाहा पाए।  त्यो उनका लागि नयाँ शब्द थियो। आफ्नो अर्का एक मित्रको सहयोग लिएर उनी अमेरिका पुगे। त्यहाँ इन्टरनेटको प्रयोग सामान्य भइसकेको थियो। उनले पहिलो चोटि इन्टरनेटमा बियर  शब्द खोजी गरे।  बियर शब्दबारे इन्टरनेटले दिएका नतिजाले उनी रोमाञ्चित भए।

त्यसपछि उनले आफ्नो देशको बारेमा जान्न चाहे तर केही नतिजा पाएनन्। यसले उनलाई बहुत निराश बनायो। उनले त्यहीँ आफ्नो देशको सम्पूर्ण जानकारी दिने  एउटा वेबसाइट बनाउने निर्णय गर। तर वास्तवमा उनलाई वेबसाइटको बारे कुनै जानकारी थिएन।  आफ्ना साथीहरूको सहयोगले उनले ugly  नामक एक वेबसाइट बनाए। उक्त कामले राम्रो प्रतिक्रिया पायो र उनलाई दिनहुँ फोनहरू आउन थाले। यो सफलताबाट  हौसिएर उनले आफ्नो र वरपरका साथीभाइहरूको बचतको पैसा उठाएर चाइना एलो पेजेस नामक कम्पनीको सुरुवात गरे ।  यो कम्पनी अपेक्षित रूपमा चल्न सकेन र ज्याकलाई पुरै वित्तीय सङ्कटमा फसाइदियो। उनले बाच्नका लागि  पुनः जागिर खानु पर्ने अवस्था आयो। यो अवस्थामा पुगेपछि उनी निराश हुँदै घर फर्किए । गाउँ फर्किए पछि काम केही  नहुँदा उनी दिनभर साथीहरूसँग गफिएर बस्न थाले।

एक दिन अचानक उनलाई एउटा उपाय सुझ्यो  र त्यसलाई उनले तत्कालै आफ्नो साथीहरू माझ राखे। धेरै साथीहरूले उनको योजनामा सहमति जनाएनन् तर केही साथीहरूलाई भने उनी माथि पूर्ण भरोसा थियो। उनीहरूलाई विश्वास थियो कि ज्याक  यो पाली असफल हुनेछैनन्।  उनीहरूले ज्याकको योजनामा लगानी  गरे र अन्ततः अनि अलिबाबा डट कमको जन्म भयो । अमेरिकी सेयर बजारको इतिहासमै अलिबाबा हालसम्मकै धेरै आ इ पी ओ आवेदन माग भएको कम्पनी भएको छ। त्यसपछि ज्याकले कहिल्यै पछाडि फर्कनु परेको छैन। आज अलिबाबा दुनियाँका सबैभन्दा ठुला कम्पनीहरूको सूचिमा पर्दछ।

यो कम्पनी बाहेक उनी तोवाओ, टिमल, योकु, टुडाउ जस्ता कम्पनीहरूको पनि प्रमुख हिस्सेदार छन्। १८  जना बाट सुरु गरेको अलि बाबामा आज २२ हजारभन्दा बढी कामदार कार्यरत  छन्।  आज ज्याक मा  चीनको सबैभन्दा धनी व्यक्ति छन् जसको नेट वर्थ २.९ बिलियन डलर छ। असफलताबाट निराश हुने र हार मान्ने सबै व्यक्तिहरूका  लागि उनी ठुलो प्रेरणाको श्रोत हुन।

 

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड