Matra Education आइतबार, साउन १० २०८३

स्पार्क एडुकेयर प्रि स्कुलको दीक्षान्त समारोह सम्पन्न (फोटो फिचर सहित)

स्पार्क एडुकेयर प्रि स्कुलको दीक्षान्त समारोह सम्पन्न (फोटो फिचर सहित)

  • मात्र एजुकेशन
  • शुक्रबार, बैशाख १६ २०७९


काठमाडौँ- बुढानीलकण्ठमा रहेको स्पार्क एडुकेयर प्रि स्कुलले दीक्षान्त समारोह सम्पन्न गरेको छ । शुक्रवार विद्यालय परिसरमा आयोजित एक कार्यक्रमका बिच विद्यालयले कक्षा युकेजी पास गरेर कक्षा १ जाँदै गरेका विद्यार्थीहरूलाई दीक्षित गरेको हो ।

साना बालबालिकाहरूलाई सम्मान गर्दा हौसला बढ्ने र अझै राम्रो गर्न प्रोत्साहन मिल्ने भएकाले कार्यक्रम आयोजना गरिएको स्पार्क एडुकेयर प्रशासनले जनाएको छ । विद्यालयका सञ्चालक विनोद थापाको अध्यक्षता र एसोसिएसन अफ प्रि स्कुल एजुकेटर्स नेपाल (अपेन) का केन्द्रीय सदस्य कृष्ण कुमार बोहराको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा विद्यालयका शिक्षक, अभिभावक, अपेनका विभिन्न कमिटीका पदाधिकारीहरू र विद्यालयका शुभचिन्तकहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै अपेन बुढानीलकण्ठका अध्यक्ष राजकुमार घिमिरेले दीक्षित हुने सबै विद्यार्थीहरूलाई बधाई तथा शुभकामना दिए । विद्यालय सञ्चालक देश भित्र र बाहिर दुवैको शिक्षा प्रणाली बुझेको र उत्कृष्ट टिम बनाएको हुँदा बालबालिकाहरूलाई सफल र असल बनाउन विद्यालय सक्षम रहेको धारणा राखे।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि बोहराले सीप संस्कार र शिक्षालाई सँगै लैजान सक्यो भने विद्यालय र विद्यार्थी दुवै सफल हुने बताए। अपनेले बालबालिकाहरूका लागि थुप्रै कार्यक्रम गर्दै आएको र गर्दै जाने भन्दै उनले विधालाललाई आगामी यात्राका लागि शुभकामना दिए।

त्यस्तै शिक्षाविद् रेन्जु कुंवरले घरको वातावरणले बालबालिकालाई ठुलो प्रभाव पार्ने बताइन्। घरमा जस्तो कुरा सिकायो त्यस्तै हुने भन्दै उनले बालबालिकालाई प्याकेटको खानेकुरा खान दिन नहुने धारणा राखिन् । आफूले बुझेसम्म विद्यालयले सधैँ स्वस्थ, स्वादिलो र पोषण युक्त खानेकुरा पकाएर खुवाउने गरेको भन्दै उनले अभिभावकहरूलाई पनि त्यसै गर्न आग्रह गरिन ।

कार्यक्रमका सभापति विनोद थापाले स्पार्क एडुकेयर सञ्चालनमा आएको छोटो समयमै धेरैको मन जित्न सफल भएको र आगामी दिनमा झन् सशक्त ढङ्गले अगाडि बढ्ने बताए । विद्यालयमा एलीजा बस्नेत म्याम आउनुभएकोले पनि झन् सहज भएको भन्दै उनले नानीबाबुहरूका लागि यस्ता कार्यक्रम निरन्तर गर्दै जाने प्रतिबद्धता व्यक्त गरे। कार्यक्रम पहिलो प्रयास भए पनि स्पार्क एडुकेयर सफलतापूर्वक सम्पन्न गर्न सफल भएको छ ।

तपाईँ उक्त कार्यक्रमको फोटो फिचर तल हेर्न सक्नुहुन्छ

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड