काठमाडौँ – लोक सेवा आयोगले स्वास्थ्यका विभिन्न पदमा गरी ९६ जनाका लागि विज्ञापन खुला गरेको छ । आयोगले बुधबार सूचना जारी गर्दै स्वास्थ्यको ७ र ८ औँ तहमा विज्ञापन खुलाएको हो ।
लोक सेवाले खुला, समावेशी र केही पदमा आन्तरिक प्रतिस्पर्धाका लागि समेत विज्ञापन खुला गरेको छ। आयोगले मेडिकल अफिसर, नर्सिङ, फार्मेसी, जनस्वास्थ्य, ल्याब टेक्नोलोजिष्ट, फिजियोथेरापिस्ट लगायतका पदमा विज्ञापन खुला गरेको हो।
तपाईँ लोक सेवा आयोगको वेबसाइटमा गएर यो सूचना हेर्न र फारम भर्न सक्नुहुन्छ।