Matra Education शुक्रबार, कार्तिक १३ २०८३

भद्र सहमति उल्लङ्घन गरेर विशेष महाधिवेशन गर्न खोज्दा एन-प्याब्सन निलम्बन: न्यौपाने

भद्र सहमति उल्लङ्घन गरेर विशेष महाधिवेशन गर्न खोज्दा एन-प्याब्सन निलम्बन: न्यौपाने

  • मात्र एजुकेशन
  • शुक्रबार, कार्तिक १३ २०८३


काठमाडौँ- राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) का राष्ट्रिय अध्यक्ष सुवास न्यौपानेले असन्तुष्ट पक्षले समानान्तर गतिविधि गरेका कारण एन-प्याब्सन निलम्बनमा परेको बताएका छन् । यस बारे मात्र एजुकेसन सँगको टेलिफोन संवादमा न्यौपानेले नेपालगन्ज महाधिवेशनमा भएको भद्र सहमति अनुसार अहिलेको नेतृत्व छनोट भएको दाबी गर्दै सो सहमति विपरीत अर्को पक्षले विभिन्न गतिविधि गर्दै आएको र भोलि बाट चितवनमा विशेष महाधिवेशन आव्हान गरेको परिणाम नै निलम्बन भएको बताए ।

न्यौपानेका अनुसार गृह मन्त्रालयले समेत पटक पटक दुई समूहलाई एक बनाउने प्रयास गरेको थियो । तर ती सबै प्रयास निरर्थक भएका थिए । पछिल्लो पटक असन्तुष्ट समूहले आयोजना गर्न लागेको विशेष महाधिवेशन रोक्न आफूहरूले नै अनुरोध गरेको भन्दै न्यौपानेले केही समयका लागि संस्था निलम्बन गरेर मन्त्रालयले एकताबद्ध बनाउन खोजेको उनले बताए ।

विगतमा भएका सहमति पालना गरेर सबै अघि बढ्नुपर्ने न्यौपानेको धारणा छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड