Matra Education आइतबार, साउन १० २०८३

शिक्षक सेवा आयोगको यो सूचना हेर्नुभयो ? छुट्नुहोला है!

शिक्षक सेवा आयोगको यो सूचना हेर्नुभयो ? छुट्नुहोला है!

  • मात्र एजुकेशन
  • सोमबार, फाल्गुन ३० २०७८


काठमाडौँ- तपाईँ शिक्षक सेवा आयोगले सञ्चालन गर्ने बढुवा परीक्षाको तयारी गर्दै हुनुहुन्छ भने यो तपाईँको प्रवेश पत्र प्रिन्ट गर्ने समय हो।

शिक्षक सेवा आयोग सानोठिमी, भक्तपुरले शिक्षक पदको आन्तरिक प्रतियोगितात्मक परीक्षाको आधारमा गरिने (२५ प्रतिशत) शिक्षक बढुवाको प्रवेश पत्र प्रिन्ट गर्न करिब एक हप्ताअघि नै सूचित गरिसकेको छ।

दरखास्त फाराम भर्ने उम्मेदवारहरूले फारम भर्दा प्रयोग गरिएको इमेल र पासवर्ड बाट लगइन गरेर दरखास्त पेस गरेको विवरणहरूमा क्लिक गरी ‘भ्यु’ मा क्लिक गरेर प्रवेश पत्र डाउनलोड गरी प्रिन्ट गर्न सक्ने आयोगले जनाएको छ। प्रवेशपत्रको प्रतिलिपि दिने व्यवस्था नभएकाले प्रवेश पत्र सुरक्षित साथ राख्न र परीक्षामा सहभागी हुन आउँदा साथमा अनिवार्य रूपमा ल्याउन समेत आयोगले अनुरोध गरेको छ।

आयोगले माघ १२ गते आन्तरिक प्रतियोगितात्मक परीक्षाको आधारमा गरिने (२५ प्रतिशत) शिक्षक बढुवाको विज्ञापन गरेको थियो।

२५ प्रतिशत बढुवाको प्रवेश पत्र प्रिन्ट गर्ने सम्बन्धी सूचना हेर्नुहोस्:

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड