काठमाडौँ- मन्टेश्वरी तथा प्रि स्कुलहरूको छाता सङ्गठन, एसोसिएसन अफ प्रि स्कुल एजुकेटर्स नेपाल (अपेन) बुढानीलकण्ठले आफ्नो दोस्रो महाधिवेशन सम्पन्न गरेको छ। चैतमा हुने केन्द्रीय महाधिवेशन अघि संस्थाले स्थानीय तहको अधिवेशन गरिसक्ने लक्ष्य लिएको छ। अपेनका विभिन्न पालिका कमिटीहरू यो तयारीमा लागिरहँदा अपेन बुढानीलकण्ठले आफ्नो दोस्रो अधिवेशन शनिवार सम्पन्न गरेको हो।
बुढानीलकण्ठ नगरपालिका भित्र रहेका मन्टेश्वरी, प्रि स्कुलहरूलाई एकताको एउटै सूत्रमा बाँधेर हक हित संरक्षण गर्ने उद्देश्यले सुरु भएको अपेन बुढानीलकण्ठमा ११ जना पदाधिकारीहरू आगामी ३ वर्षे कार्यकालका लागि चयन भएका हुन।
फोटो फिचर हेर्नुहोस्



