Matra Education आइतबार, साउन १० २०८३

उच्च अदालतको आदेशले शनिबारका लागि तय भएको परीक्षा स्थगित

उच्च अदालतको आदेशले शनिबारका लागि तय भएको परीक्षा स्थगित

  • मात्र एजुकेशन
  • शुक्रबार, फाल्गुन २७ २०७८


काठमाडौं । शनिबार तय भएको भन्सार एजेन्टको परीक्षा रोक्न उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

बिहीबार न्यायाधीश भोजराज अधिकारीको एकल इजलासले चैत ६ गतेसम्मका लागि परीक्षा स्थगित गर्न आदेश दिएको हो ।

भन्सार विभागले प्रकाशित गरेको सूचना नेपालको संविधानको धारा ४२ अनुसार समानुपातिकरसमावेशी नभएको भन्दै कृष्टिना थैवले भन्सार विभागलाई विपक्षी बनाई एक वर्ष अघि रिट दायर गरेकी थिइन् ।

रिट निवेदकले माग गरे बमोजिम अन्तरिम आदेश दिने कि नदिने भन्ने सम्बन्धमा दुवै पक्षसँग छलफल गर्न उपयुक्त हुने भन्दै अदालतले आगामी चैत ६ गते अदालतमा उपस्थित हुन विपक्षीको नाममा आदेश दिएको छ

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड