Matra Education आइतबार, साउन १० २०८३

अपेन बुढानीलकण्ठले दोस्रो अधिवेशन आयोजना गर्दै, यस्तो छ तयारी

अपेन बुढानीलकण्ठले दोस्रो अधिवेशन आयोजना गर्दै, यस्तो छ तयारी

  • मात्र एजुकेशन
  • बिहिबार, फाल्गुन २६ २०७८


काठमाडौँ- मन्टेश्वरी तथा प्रि स्कुलहरूको छाता संगठन, एसोसिएसन अफ प्रि स्कुल एजुकेटर्स नेपाल (अपेन) आफ्नो दोस्रो केन्द्रीय महाधिवेशनको तयारीमा छ। चैतमा हुने केन्द्रीय महाधिवेशन अघि संस्थाले स्थानीय तहको अधिवेशन गरिसक्ने लक्ष्य लिएको छ। अपेनका विभिन्न पालिका कमिटीहरू यो तयारीमा लागिरहँदा अपेन बुढानीलकण्ठले आफ्नो दोस्रो अधिवेशन आउँदो शनिवार राखेको छ।

बुढानीलकण्ठ नगरपालिका भित्र रहेका मन्टेश्वरी, प्रि स्कुलहरूलाई एकताको एउटै सूत्रमा बाँधेर हक हित संरक्षण गर्ने उद्देश्यले सुरु भएको अपेन बुढानीलकण्ठमा हाल ११ जना पदाधिकारीहरू रहेका छन्। त्यस्तै आगामी ३ वर्षे कार्यकालका लागि आउँदो शनिवार हुने अधिवेशनले नयाँ नेतृत्व पनि चयन गर्नेछ।

अपेन बुढानीलकण्ठको अब बन्ने कार्यसमितिमा केही पुरानै सदस्य तथा पदाधिकारीले आफ्नो अनुभव प्रयोग गर्दै संस्थामा रहनेछन् भने केही थप नयाँ सदस्यहरू नवीन ऊर्जा र उत्साह लिएर संस्थाको बागडोर सम्हाल्न आइपुग्ने छन्।

आसन्न दोस्रो अधिवेशनका लागि अध्यक्ष पदमा लि ह्यान्ड्स प्रिस्कुलका राजकुमार घिमिरेले उम्मेदवारि दिएका छन्। त्यस्तै वरिष्ठ उपाध्यक्षमा स्पार्क एडुकेयर प्रिस्कुलका विनोद थापा, उपाध्यक्ष द्वयमा बालार्क प्रिस्कुलकि रुक्मणी तिमल्सिना र ब्रेनी किड्स प्रिस्कुलकि दीपा रोक्का आचार्य, सचिवमा ईरा किड्स प्रिस्कुलका सुनिल ढुङ्गाना, कोषाध्यक्षमा बाल संसार नेपाल मन्टेश्वरीकी संगीता पन्त, सहसचिवमा डि कासा ईन्टरनेशनल प्रिस्कुलकि निरु भण्डारी साथै सदस्यहरूमा प्याराडाईज प्रिस्कुलकि कुमारी घिसिङ, पर्पल टर्टल प्रिस्कुलका सुवोद कोजु श्रेष्ठ, मनोरम प्रिस्कुलकि सम्झना थापा र चिल्ड्रेन अफ कपन प्रिस्कुलकि याङ्जी शेर्पा चुनावी मैदानमा उम्मेदवार बनेका छन्। अपेन बुढानीलकण्ठको वर्तमान नेतृत्वले सकेसम्म सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास गरिरहेको छ।

स्मरण रहोस्: अपेन मन्टेश्वरी तथा प्रि स्कुलहरूको हकहितका लागि निरन्तर पैरवी गर्दै आएको संस्था हो।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड