Matra Education आइतबार, साउन १० २०८३

यसरी चयन हुँदैछ आगामी ३ वर्षका लागि प्याब्सनको नयाँ नेतृत्व

यसरी चयन हुँदैछ आगामी ३ वर्षका लागि प्याब्सनको नयाँ नेतृत्व

  • मात्र एजुकेशन
  • बिहिबार, फाल्गुन २६ २०७८


काठमाडौं- निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन, नेपाल (प्याब्सन) को नेतृत्व सर्वसम्मतबाट छनोट गर्ने तयारी गरेको छ ।

चैतको ९ र १० गते हुने १५औं राष्ट्रिय महाधिवेसनले आगामी तीन वर्षे कार्यकालको लागि २७ जना पदाधिकारीहरू र ३९ जना सदस्य गरी ६६ जनाको कार्यसमिति चयन गर्नेछ ।

‘सीप, संस्कार र प्रविधि सहितको शिक्षा, दक्ष जनशक्ति आजको आवश्यकता’ नारासहित प्रज्ञा भवनमा हुने महाधिवेसेनको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने प्याब्सनले जनाएको छ । प्याब्सनको निर्वाचन विद्युतीय प्रणालीमार्फत गर्ने तयारी गरिरहेको छ ।

बिहीबार पत्रकार सम्मेलन गर्दै प्याब्सनले महाधिवेसन उद्घाटनकै दिन तीनकुने स्थित आफ्नै भवनको पनि उद्घाटन गर्ने जानकारी दिएको छ । १४ करोड लागतमा खरिद गरिएको ‘प्याब्सन शिक्षा भवन’ को उद्घाटन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले गर्नेछन् ।

त्यस्तैगरी कोसी बाढी पीडित समुदायका लागि सुनसरी जिल्लाको रामधुनी नगरपालिकाले उपलब्ध गराएको एक विगाह जग्गामा प्याब्सन सदस्य विद्यालयहरुको योगदानबाट संकलित एक करोड ५० लाख लगानीमा निर्मित ‘प्याब्सन सामूहिक बस्ती’ को हस्तान्तरण चैत १ गते गरिने जनाएको छ ।

पत्रकार सम्मेलनमा अध्यक्ष टिकाराम पुरीले शिक्षा क्षेत्रमा सरकारको परिपुरकको भूमिका निर्वाह गर्दै नेपालको शिक्षाको गुणस्तर वृद्धिमा महत्त्वपूर्ण र्भमिका निर्वाह गरिरहेको दाबी गरे

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड