Matra Education सोमबार, साउन ११ २०८३

त्रिभुवन विश्वविद्यालयले गर्‍यो नतिजा प्रकाशन (सूचना सहित)

त्रिभुवन विश्वविद्यालयले गर्‍यो नतिजा प्रकाशन (सूचना सहित)

  • मात्र एजुकेशन
  • आइतबार, माघ १६ २०७८


काठमाडौँ- त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय परीक्षा नियन्त्रण महाशाखाले नतिजा सार्वजनिक गरेको छ। स्नातक तहको प्रवेश परीक्षा (८-बि सिम्याट) २०२१ को नतिजा प्रकाशन भएको हो।

त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकाय, डीनको कार्यालयबाट मिति २०७८ माघ ०८ मा सञ्चालन भएको बिबिए, बिआइएम, बिटिटिएम, बिएचएम,बिबिएम, बिएमएस, बिपीए, बिबिए-एफ कार्यक्रमको प्रवेश परीक्षा २०२१ को परीक्षाफल प्रकाशित भएको हो। प्रवेश परीक्षा सञ्चालन समितिको मिति २०७८। १०। १६ को निर्णयअनुसार नतिजा प्रकाशित गरिएको हो।
छ।

सूचना अनुसार विभिन्न परीक्षार्थीहरूको परीक्षाफल स्थगित पनि गरिएको छ । परीक्षामा उत्तीर्ण विद्यार्थीलाई भर्नाका लागि सम्बन्धित क्याम्पस/कलेजले तोकिएको आधारमा भर्नाका लागि आवश्यक प्रक्रिया अवलम्बन गर्न विश्वविद्यालयले आग्रह गरेको छ ।

त्यस्तै छात्रवृत्तिमा अध्ययन गर्ने विद्यार्थीहरूको छनौटका लागि व्यवस्थापन संकाय, डीनको कार्यालय, त्रि.वि.को वेबसाइटमा राखिएको फर्म भराई त्रि.वि. कार्यकारी परिषद्द्वारा पारित छात्रवृत्ति सम्बन्धी निर्णय नं २६६६२ तथा नेपाल सरकारले तोकेको छात्रवृत्ति सम्बन्धी आधार समेतको पूर्ण पालना गरी छनौट सूची प्रकाशन गर्न पनि भनिएको छ ।

उक्त छात्रवृत्तिमा छनौट भएका विद्यार्थीको सूची भर्ना समाप्त भएको मितिले १५ दिन भित्र डीनको कार्यालय, व्यवस्थापन संकाय, त्रि.वि.मा अनिवार्य रूपमा पठाउनु क्याम्पसहरूलाई निर्देशन दिइएको छ

कोभिडको कारणले परीक्षामा सहभागी हुन नसकेका परीक्षार्थीहरूको हकमा सम्बन्धित परीक्षार्थीले स-प्रमाण २०७८ माघ २५ गते भित्र डीनको कार्यालयमा निवेदन दिनुपर्ने पनि सूचनामा उल्लेख छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड