Matra Education आइतबार, साउन १० २०८३

दुर्व्यवहारमा महिला शिक्षक, सरुवाको प्रलोभनमा यौन शोषणको प्रयास

दुर्व्यवहारमा महिला शिक्षक, सरुवाको प्रलोभनमा यौन शोषणको प्रयास

  • मात्र एजुकेशन
  • सोमबार, असोज २५ २०७८


काठमाडौँ –तनहुँमा एक जना महिला शिक्षकलाई सरुवा गरिदिने प्रलोभन देखाउदै यौन सम्पर्कका लागि दबाब दिएको पाईएको छ । तनहुँका एकजना शिक्षक नेताले महिला शिक्षकलाई सरुवा गरिदिने वहानामा यौन सम्पर्कका लागि प्रस्ताव राख्दै दबाब दिइएको पाइएको हो ।

स्रोतका अनुसार महिला शिक्षकलाई “भोलि भेटम है, भेटेर सेक्स् गरम है” भन्दै यौन पस्ताव राख्ने बारम्बार म्यासेज पठाउने र दबाब दिने गरेको जनाएको छ । तर महिला शिक्षकले प्रस्ताव अस्विकार गरेर गालि गरेपछि शिक्षक नेताले माफि मागेको स्रोतले बताएको छ ।

तनहुँका पालिकामा शिक्षक सरुवा र नियुक्तिमा आर्थिक चलखेल भएको गुनासो बढी आउन थालेको छ । जनप्रतिनिधि र शिक्षक नेताहरुको मिलेमतोमा आर्थिक चलखेल हुने गरेको नाम नखुलाउने सर्तमा शिक्षकहरुले खबर एजुकेशनलाई बताएका छन् ।

उनीहरुले मावि सरुवा गरेको चार लाख, निमाविको तिनलाख र प्राविको सरुवा गर्दा दुइलाख बुझाउन बाध्य पार्ने गरेको गुनासो गरका छन् । भन्छन् “त्यति पैसा नदिने हो भने न सरुवा हुन्छ न ढुक्कले पढाउने वातावरण बन्छ ।”

त्यसैगरी शिक्षक नियुत्तिमा समेत नियुक्ति गर्दा लाग्ने सम्पुर्ण खर्च शिक्षकलाइ नै व्योहर्न लगाउने गरेको स्रोतको भनाई छ । विज्ञलाई दिनेदेखि परीक्षा सञ्चालनका सम्मका सम्पुर्ण खर्च नियुत्ति हुने शिक्षकको पहिलो महिनाको तलबबाट व्योहर्न बाध्य बनाएको स्रोतले जनाएको छ ।

खबर एजुकेसनबाट साभार

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड