Matra Education आइतबार, साउन १० २०८३

आयरल्याण्डको शिक्षा प्रणाली कसरी विश्वमै उत्कृष्ट? तपाईँले जान्नै पर्ने ५ विशेषता सहित

आयरल्याण्डको शिक्षा प्रणाली कसरी विश्वमै उत्कृष्ट? तपाईँले जान्नै पर्ने ५ विशेषता सहित

  • मात्र एजुकेशन
  • बुधबार, असोज ६ २०७८


काठमाडौँ- आयरल्याण्ड संसारका उत्कृष्ट शिक्षा प्रणाली भएका देशहरूमध्ये एक हो। यो कुरालाई विभिन्न समयमा भएका शिक्षा सम्बन्धी अध्ययन अनुसन्धानहरूले पुष्टि गरेका छन्। आयरल्यान्डमा ६ देखि १६ वर्ष सम्म बच्चाहरूको लागी शिक्षा अनिवार्य छ। अथवा जब सम्म विद्यार्थीहरू माध्यमिक तहको ३ वर्षे शिक्षा पुरा गर्दैनन्, तबसम्म उनीहरूले अनिवार्य शिक्षाको तह पार गरेको मानिँदैन । आयरिश शिक्षा प्रणाली प्राथमिक, दोस्रो, तेस्रो स्तर र थप शिक्षा बाट बनेको छ। यी सबै तहमा राज्यले आफ्नो खर्चमा सञ्चालन गरेका शैक्षिक संस्थाहरू तपाईँलाई सेवा गर्न तयार भएर बसेका हुन्छन् , यदि तपाईँ महँगो शुल्क लिने निजी विद्यालय जानुहुन्न भने।

१. विदेशमा अध्ययन गर्दा आयरल्यान्डमा किन? 
स्नातक वा स्नातकोत्तर डिग्रीको अध्ययन गर्न एक विदेशीका लागी आयरल्याण्ड जाने प्रमुख कारणहरूको एउटा लामो सुची बन्न सक्छ । तपाईँले आफ्नो पढाइ सकेपछि रोजगार पाउने मौका बढी हुनु, तपाईँलाई एक पूर्ण व्यक्तिको रूपमा विकास गर्न सक्नु र तपाईँलाई एक उच्चस्तरको शिक्षा प्राप्त गर्न मद्दत गर्नु यहाँको शिक्षा प्रणालीको प्रमुख विशेषता हो । यसबाहेक पनि तपाईँले आयरल्यान्डमा अध्ययन गर्नु पर्ने अन्य थुप्रै कारण छन्।

२. उच्च गुणस्तरीय शिक्षा

आयरल्याण्ड शिक्षाको लागी शीर्ष १० मा सूचीकृत देश हो (आईएमबी विश्व प्रतिस्पर्धा रैंकिंग २०१९ अनुसार)। यो देशले आफ्ना विद्यार्थीहरूलाई विश्वमा सबै भन्दा राम्रो शिक्षा प्रणाली सहित विश्व स्तरीय विश्वविद्यालयहरू, डिग्री विकल्प र विश्वव्यापी मान्यता प्राप्त योग्यता को एक विविध श्रेणी प्रदान गर्दछ।

३. करियर अवसर

आयरल्यान्डमा धेरै ठुला करियर अवसरहरू छन्। स्नातक डिग्री प्राप्त अन्तर्राष्ट्रिय विद्यार्थीहरूको लागी यसले बहुराष्ट्रिय व्यवसायहरूलाई अपिल गर्दछ र श्रम बजारमा अवसर सिर्जना गराउँदै स्थापित बनाउँछ। प्रसिद्ध कम्पनीहरू: ईबे, स्काइप र माइक्रोसफ्ट जस्ता कम्पनीहरूमा विश्वविद्यालयहरुले इन्टर्नसिप अवसरहरू प्रदान गर्दछन्। यसले यो देशमा शिक्षा प्राप्त गरेकाहरूका लागि कार्यस्थलको वास्तविक अनुभव प्राप्त गर्न र त्यसपछि जागिरको खोजी गर्न उपयुक्त अवसर प्रदान गर्दछ।

४. अध्ययन पछि काम भिसाको अवसरहरू
जब अध्ययन पछि कामको कुरा आउँछ, युरोपका अङ्ग्रेजी बोल्ने देशहरू मध्ये आयरल्याण्ड मात्र यस्तो देश हो जसले अन्तर्राष्ट्रिय स्नातकहरूको लागी “पोस्ट स्टडी भिसा” प्रदान गर्दछ। यो आकर्षक गन्तव्यमा तपाईँको करियर सुरु गर्नको लागी निकै राम्रो अवसर बन्न सक्छ । एक पटक जब तपाईँ आयरल्यान्डमा अध्ययन पछि पूर्ण समय रोजगार पाउनुहुन्छ, तपाईँ रेसिडेन्सीको लागी आवेदन दिन पनि योग्य हुनुहुनेछ ( सन् २०१७ मा १३ ,५०० भन्दा बढी उच्च शिक्षा विद्यार्थीहरूलाई पहिलो निवास अनुमति जारी गरिएको थियो (युरोपियन माइग्रेसन नेटवर्क)।

५. अन्तर्राष्ट्रिय विद्यार्थीहरू
गैर युरोपियन आर्थिक क्षेत्रका देशहरू बाट आयरल्याण्ड आउने अन्तर्राष्ट्रिय विद्यार्थीहरूको सङ्ख्या सन् २०१३ देखि ४५% ले बढेको छ (युरोपियन माइग्रेसन नेटवर्क)। तपाईँ १५० भन्दा बढी विभिन्न देशहरूबाट आएका थुप्रै समान सोच भएका विद्यार्थीहरू बाट घेरिनुहुनेछ जो तपाइजस्तै आयरल्याण्डलाई उत्कृष्ट अध्ययन गन्तव्य बनाएर आएका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड