काठमाडौं- काठमाडौं विश्वविद्यालयले शिक्षक तथा कर्मचारीलाई ल्यापटप किन्न एक लाखसम्म ऋण उपलब्ध गराउने भएको छ । विश्वविद्यालयको कार्यकारी परिषद्ले निर्णय गरेर ल्यापटप किन्नका लागि निब्र्याजी ऋण उपलब्ध गराउने भएको हो ।
कोभिड—१९ का कारण एक वर्षदेखि शिक्षक तथा कर्मचारीले घरमै बसेर काम गर्नुपर्ने अवस्थालाई मध्यनजर गर्दै विश्वविद्यालयले उक्त सुविधा दिन लागेको हो । ल्यापटप किन्नका लागि लिएको ऋणको ब्याज तिनुपर्ने छैन । तर, उक्त ऋण १२ महिनाभित्र तिरिसक्नुपर्नेछ ।
ल्यापटप किन्नका लागि ऋण लिने व्यक्तिले तीन महिनाभित्र लिइसक्नुपर्नेछ ।