Matra Education शुक्रबार, साउन १५ २०८३

सरकारले सहमति उल्लङ्घन गरेको भन्दै पुनः आन्दोलनमा जाने विद्यालय कर्मचारीहरुको चेतावनी

सरकारले सहमति उल्लङ्घन गरेको भन्दै पुनः आन्दोलनमा जाने विद्यालय कर्मचारीहरुको चेतावनी

  • मात्र एजुकेशन
  • सोमबार, भाद्र २० २०७९


काठमाडौँ- नेपाल सरकारले आफूहरू सँग गरेको सहमति कार्यान्वयन गर्नुको साटो उल्लङ्घन गरेको भन्दै विद्यालय कर्मचारीहरूले पुनः आन्दोलनमा जाने चेतावनी दिएका छन्।

सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिले मिति २०७९/०४/१७ गतेका दिन नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय अन्तरगत मन्त्री स्तरको निर्णय बमोजिम स्वीकृत कार्यक्रम कार्यान्वयन पुस्तिका २०७९/८० बाट मुलुक भरका सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरूको सेवा सुविधा सम्बन्धी नेपाल सरकार र शिक्षक महासंघ बिच भएको सम्झौता विपरीत प्रकाशन भएको भन्दै त्यसमा आफूहरूको गम्भीर ध्यान केन्द्रित भएको उल्लेख गरेको छ। परिषद्ले उक्त कार्यक्रम कार्यान्वयन पुस्तिका तत्काल संशोधन गरी सहमति बमोजिमको विद्यालय कर्मचारीहरूको सुविधा कार्यान्वयनमा नआएको खण्डमा २०७९/०५/०१ गते बाट क्रमशः आन्दोलनको कार्यक्रम सहित प्रस्तुत हुने चेतावनी पनि दिएको छ। साथै आन्दोलन पश्चात् हुने सबै क्षतिका लागि नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय जिम्मेवार रहने पनि उल्लेख गरेको छ।

गत भदौ १ गतेदेखि निरन्तर आन्दोलन गर्दै आएका विद्यालय कर्मचारीहरूले केही दिन अघि मात्रै माग सम्बोधन हुने दिशामा अगाडी बढेको भन्दै आन्दोलन स्थगित गरेका थिए।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड