Matra Education बिहिबार, कार्तिक १२ २०८३

शिक्षा मन्त्रालय बाट आज आयो यस्तो खबर

शिक्षा मन्त्रालय बाट आज आयो यस्तो खबर

  • मात्र एजुकेशन
  • शुक्रबार, पौस १६ २०७८


काठमाडौँ- शिक्षा मन्त्रालय बाट यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को वैशाखमा हुने सम्बन्धि खबर प्राप्त भएको छ। कोभिडका कारण शैक्षिकसत्र दुई महिनपछि धकेलिएकाले एसईई पनि वैशाखमा गर्ने तयारीमा मन्त्रालय जुटेको हो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माका अनुसार चैतसम्म पठनपाठन गरी वैशाखमा एसईई गर्ने गरी मन्त्रालयमा छलफल भइरहेको छ । कसरी परीक्षा सञ्चालन गर्ने भन्ने विषयमा सरोकारवालाले दिएको सुझाव अनुसार चैत्रसम्म कोर्स सकेर वैशाखमा परीक्षा सञ्चालन गर्दा फरक नपर्ने सुझाव आएपछि मन्त्रालय सोही अनुसार अघि बढेको हो ।

राष्ट्रिय परीक्षा बोर्डले भने यो विषयमा अहिलेसम्म छलफल नभएको जानकारी दियो । बोर्डको आइतबार बस्ने बैठकमा छलफल हुन सक्ने बोर्डको उच्च सूत्र बताउँछ । मन्त्रालयले बोर्डको अध्यक्ष महाश्रम शर्मालाई नियुक्त गरेपछि आधिकारिक रुपमा बोर्डको बैठक आगामी आइतबार मात्र बस्दै छ ।

अध्यक्ष नियुक्त हुनु अघि बोर्डमा प्रधानाध्यापकहरुसंग भएको छलफलमा चैतभर पठनपाठन गर्ने र वैशाखमा परीक्षा लिने गरी तयारी गर्नुपर्ने सुझाव दिएका थिए । बोर्ड गोप्य सूत्रका अनुसार एसईई वैशाख पहिलो सातामा सञ्चालन गर्ने तयारी भइरहेको छ ।

संसद्को शिक्षा तथा स्वास्थ्य समितिले पटकपटक शिक्षा मन्त्रालयलाई एसईई परीक्षा खारेज गर्न निर्देशन दिएपछि शिक्षामन्त्रालय अध्यादेशबाट संघीय शिक्षा ऐन ल्याउने तयारीमा जुटेको छ । शिक्षा ऐनले एसईई खारेज गरेमा तामझामका साथ गरिएको तयारी व्यर्थ हुने बोर्डका एक सदस्यले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड