Matra Education बुधबार, कार्तिक ५ २०८३

शिक्षा पत्रकार समाजको नवनिर्वाचित कार्यसमितिलाई प्रमाणपत्र वितरण

शिक्षा पत्रकार समाजको नवनिर्वाचित कार्यसमितिलाई प्रमाणपत्र वितरण

  • मात्र एजुकेशन
  • सोमबार, असोज १२ २०८३


काठमाडौँ— शिक्षा पत्रकार समाजको गत असोज ३ मा सम्पन्न छैटौँ वार्षिक साधारण सभा तथा चौथो अधिवेशनबाट सर्वसम्मत निर्वाचित नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण गरिएको छ।

सोमबार काठमाडौँको अनामनगरमा आयोजित कार्यक्रममा निर्वाचन समितिका संयोजक जितेन्द्र घिमिरेले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ गराउनुका साथै निर्वाचित प्रमाणपत्र वितरण गरेका हुन्।

अधिवेशन बाट समाजको अध्यक्षमा बालमुकुन्द आचार्य, उपाध्यक्षमा पुष्पा अधिकारी, महासचिवमा लक्ष्मीप्रसाद ढकाल, सचिवमा रमेश लामिछाने र कोषाध्यक्षमा सुनिल आचार्य सर्वसम्मत निर्वाचित भएका थिए।

त्यस्तै सदस्यहरूमा यशोदा अधिकारी, विपिन पोखरेल, सर्मिला विश्वकर्मा र केशव नेपाल निर्वाचित भएका थिए।

कार्यक्रममा संयोजक घिमिरेले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै संस्था नयाँ उचाइमा पुगोस् भन्ने शुभकामना दिएका थिए।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड