Matra Education आइतबार, साउन १० २०८३

शिक्षा क्षेत्रमा योगदान गरेबापत मनास्लु वर्ल्ड कलेजका अध्यक्ष गेन्द्र लामा सम्मानित

शिक्षा क्षेत्रमा योगदान गरेबापत मनास्लु वर्ल्ड कलेजका अध्यक्ष गेन्द्र लामा सम्मानित

  • मात्र एजुकेशन
  • आइतबार, बैशाख ४ २०७९


काठमाडौँ- लामो समयदेखि सक्रियता पूर्वक शिक्षा कर्ममा लागेका मनास्लु वर्ल्ड कलेजका अध्यक्ष गेन्द्र लामा सम्मानित भएका छन् । शिक्षा तथा उद्यमशीलताका क्षेत्रमा निरन्तर क्रियाशील लामालाई चन्द्र लोक प्रतिष्ठानले शनिबार आयोजित एक कार्यक्रमबिच सम्मान गरेको हो ।

मन्त्री परिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा संस्थाले लामाले आजसम्म पुर्‍याएको योगदानका लागि सम्मान गर्दै आगामी दिनमा अझै क्रियाशील हुन प्रेरणा मिलोस् भन्ने उद्देश्यले सम्मान गरेको जनाएको छ।

सम्मान ग्रहण पछि ‘मात्र एजुकेसन’ सँग कुरा गर्दै लामाले आफूलाई सम्मानित हुँदा खुसी लाग्नुका साथै जिम्मेवारी बोध भएको प्रतिक्रिया दिए। नेपालको शैक्षिक क्षेत्रमा अझै पनि गर्नुपर्ने काम धेरै बाँकी रहेकाले आफूलाई अझै सक्रिय भएर लाग्ने प्रेरणा प्राप्त भएको उनको भनाई थियो। सम्मानले आफूले गर्दै आएको काम सही बाटोमा छ र अझै त्यसको दायरा बिस्तार गर्दै काम गर्नुपर्छ भन्ने निष्कर्षमा पुगेको उनको धारणा थियो।

प्राक्सिस इन्टरनेशनल एकेडेमीका प्रिन्सिपलका रूपमा लामो समय अघिदेखि काम गरिरहेका लामा हाल मनास्लु टिम अफ एन्टरप्रेनरका संस्थापक अध्यक्ष, मनास्लु वर्ल्ड कलेजका अध्यक्ष र सहारा फाउन्डेसनका समेत अध्यक्ष छन् । त्यस्तै उनी काठमाडौँ विनायक शिक्षालयका अध्यक्ष छन् भने नेशनल प्याब्सन, लायन्स लगायतका सङ्घसंस्थामा पनि आबद्ध छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड