काठमाडौँ – शिक्षक सेवा आयोगले आफ्नो वार्षिक कार्यतालिका सार्वजनिक गरेपछि अब मङ्सिर महिनामा विज्ञापन खुल्ने लगभग पक्का भएको छ। तर त्यसका लागि आयोगले मन्त्रिपरिषद्मा लागेको नियमावली संशोधन गर्नुपर्ने हुन्छ। यही कारण आजसम्म शिक्षक छनोटका लागि खुला विज्ञापन, आन्तरिक बढुवा र शिक्षण अध्यापन अनुमतिपत्र (लाइसेन्स) परीक्षालगायत काम रोकिएका थिए भने कार्यतालिका आइसकेपछि पनि आयोगले विज्ञापन खुल्ने मिति तोक्न सकेको छैन। तर उक्त नियमावली संशोधन नहुने खबर प्राप्त भएको छ।
सामुदायिक विद्यालयका शिक्षकको पदपूर्ति र अध्यापन अनुमतिपत्रका विषयमा देखिएका प्रक्रियागत बाधा ऐन मार्फत हटाउने गरी शिक्षक सेवा आयोगको नियमावली संशोधन नहुने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले मन्त्रिपरिषद्को बैठकबाट अध्यादेश मार्फत ऐन ल्याएर नयाँ शिक्षक भर्ना प्रक्रिया थालिने जानकारी दिए ।
आयोगले हालै सार्वजनिक गरेको कार्यतालिका अनुसार १७ हजार २ सय २३ शिक्षकको नयाँ पदपूर्तिको खुला विज्ञापन मङ्सिरमा गर्ने र सामान्य परीक्षा फागुन र विषयगत परीक्षा जेठमा गर्ने रहेको छ ।