काठमाडौँ- शिक्षक सेवा आयोग, सानोठिमी भक्तपुरले माध्यमिक तहको शिक्षक सिफारिस गरेको छ। आयोगले शुक्रबार सूचना जारी गर्दै माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको बागमती प्रदेश र गण्डकी प्रदेशको अङ्ग्रेजी विषयको लागि लिइएको अन्तर्वार्ताको नतिजा प्रकाशित गर्दै सफल उम्मेदवार सिफारिस गरेको हो।
अन्तर्वार्तामा उपस्थित उम्मेदवारहरूको शिक्षक सेवा आयोग नियमावली, २०५७ को नियम २४ बमोजिम लिखित परीक्षा, अन्तर्वार्ता, शैक्षिक योग्यता र अनुभव समेतको प्राप्ताङ्कको आधारमा आयोगको मिति २०७९/०६/२८ गतेको निर्णय अनुसार सिफारिस गरिएको हो।
नतिजा आयोगको वेबसाइट वा तल दिइएका लिंकहरुमा क्लिक गरेर हेर्न सकिनेछ ।
बागमती प्रदेश अङ्ग्रेजी विषयको नतिजा
गण्डकी प्रदेश अङ्ग्रेजी विषयको नतिजा