काठमाडौँ- शिक्षक सेवा आयोग सानोठिमी भक्तपुरले प्राथमिक तह तृतीय श्रेणी शिक्षक पदको चार जिल्लाको नतिजा प्रकाशित गरेको छ। बुधबार बेलुकी एक सूचना जारी गर्दै आयोगले बाजुरा, अछाम, डोटी र कञ्चनपुर जिल्लाको लिखित परीक्षाको नतिजा प्रकाशित भएको जनाएको हो।
आयोगले मिति २०७८ / १२ / १९ र २०७९/०३/१३ प्राथमिक तहको खुला प्रतियोगितात्मक लिखित ( सामान्य र विषयगत) परीक्षा लिएको थियो। प्रकाशित नतिजा अनुसार सफल उम्मेदवारहरूलाई तोकिएको समयमा अन्तर्वार्तामा उपस्थित हुन् पनि अनुरोध गरेको छ। आयोगको मिति २०७९ / ०९ / २७ गतेको निर्णय अनुसार नतिजा प्रकाशित गरिएको हो ।
नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस्