काठमाडौँ- शिक्षक सेवा आयोग सानोठिमी भक्तपुरले बढुवा नतिजा पुनरावलोकन सम्बन्धी सूचना जारी गरेको छ।
मंगलबार एक सूचना जारी गर्दै आयोगले बागमती प्रदेशको शिक्षक सेवा आयोग बढुवा सिफारिस सचिवालयको मिति २०७९/३/१५ गते ७५ प्रतिशत कार्यसम्पादन मूल्याङ्कनका आधारमा हुने बढुवाको नामावली प्रकाशित गरिएकामा उक्त सिफारिस उपर चित्त नबुझी पर्न आएका उजुरी बारे छानबिन सकिएको जनाएको हो। सूचना अनुसार आयोगको विभिन्न मितिमा निर्णय भए अनुसार बागमती प्रदेशका ६ जिल्लाका विभिन्न तह, श्रेणी र विज्ञापनहरूको नतिजामा कुनै फेरबदल भने भएको छैन।
आयोगको सूचना हेर्नुहोस्:
