Matra Education बुधबार, कार्तिक ११ २०८३

विद्यालय शिक्षा सम्बन्धी विधेयक छिट्टै संसद्मा पेस गर्ने तयारीमा सरकार

विद्यालय शिक्षा सम्बन्धी विधेयक छिट्टै संसद्मा पेस गर्ने तयारीमा सरकार

  • मात्र एजुकेशन
  • मंगलबार, भाद्र १२ २०८०


काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विद्यालय शिक्षा सम्बन्धी विधेयक छिट्टै संसद्मा पेस गर्ने तयारीमा सरकार रहेको बताएका छन्। मंगलबार प्रतिनिधिसभामा प्रधानमन्त्री सँगको प्रश्नोत्तर कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

यस अघि मन्त्रिपरिषद्बाट पास भएको विधेयक सरोकारवालाहरूको विरोध र चर्को दबाबका कारण सरकारले संसद्मा दर्ता गर्न सकेको थिएन। प्रधानमन्त्री दाहालले भने संसद्मा बोल्दै केही परिमार्जन गर्नुपर्ने भएकाले रोकिएको दाबी गरे । विद्यार्थीलाई निःशुल्क पाठ्यपुस्तक र दिवा खाजा कार्यक्रम चलिरहेको बताएका उनले विश्वविद्यालयमा ई–हाजिरी लैजाने शिक्षकका सम्बन्धमा नियमन गरिने प्रतिबद्धता पनि व्यक्त गरे। फाइल तस्बिर 

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड