Matra Education सोमबार, साउन ११ २०८३

लोक सेवा आयोगले प्रकाशित गर्‍यो लिखित परीक्षाको नतिजा (नतिजा सहित)

लोक सेवा आयोगले प्रकाशित गर्‍यो लिखित परीक्षाको नतिजा (नतिजा सहित)

  • मात्र एजुकेशन
  • सोमबार, असोज ३१ २०७९


काठमाडौँ- लोक सेवा आयोग, काठमाडौँ कार्यालयले लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ। सोमबार एक सूचना जारी गर्दै आयोगले २०७९ जेठ २१ र २२ गते सञ्चालन गरेको नायव सुब्बा वा सो सरह पदको लिखित परीक्षाको नतिजा प्रकाशित गरेको जनाएको हो।

आयोगले लिखित परीक्षामा सम्मिलित उम्मेदवारहरू मध्ये वर्णानुक्रमअनुसार सफल उम्मेदवारहरूको रोल नम्बर तथा नाम थर प्रकाशित गरेको हो। यी उम्मेदवारहरू कम्प्युटर सीप परीक्षण र अन्तर्वार्ताको लागि छनौट भएको हुँदा तोकिएको स्थान, मिति र समयमा अन्तर्वार्ताका लागि पासपोर्ट साइजको फोटो २ प्रति, प्रमाणपत्रहरूको सक्कल सहित नक्कल २/२ प्रति. दरखास्त फारामको प्रथम पाना २/२ प्रति तथा तृतीय पाना भरी प्रवेशपत्र लिई तोकिएको समय भन्दा १ (एक) घण्टा अगावै उपस्थित हुन पनि सूचित गरेको छ ।

साथै कम्प्युटर सीप परीक्षण र अन्तर्वार्ताका दिन सार्वजनिक बिदा पर्न गएमा पनि उक्त कार्यक्रम यथावत् सञ्चालन हुने सूचनामा उल्लेख छ। तपाईँ यहाँ क्लिक गरेर नतिजा हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड