Matra Education आइतबार, साउन १० २०८३

महिनाको अन्तिम दिन शिक्षक सेवा आयोगले खोल्यो लाइसेन्सको विज्ञापन (सूचना सहित)

महिनाको अन्तिम दिन शिक्षक सेवा आयोगले खोल्यो लाइसेन्सको विज्ञापन (सूचना सहित)

  • मात्र एजुकेशन
  • बुधबार, चैत्र ३० २०७८


काठमाडौँ- शिक्षक सेवा आयोगले आफ्नो कार्यतालिकामा उल्लेख भए अनुसार चैत महिनामा लाइसेन्सको आवेदन फारम खोल्ने प्रावधानलाई पालना गर्दै महिनाको अन्तिम दिन फारम खुला गरेको छ।

बुधवार एक सूचना जारी गर्दै आयोगले फारम खुला भएको जनाएको हो। आयोगले वैशाख २९ गतेसम्म फारम भर्न पाउने व्यवस्था गरेको छ। त्यस्तै दोब्बर दस्तुर तिरेर २०७९ जेठ ५ गते सम्म दरखास्त दिन सकिने सूचनामा उल्लेख छ। उम्मेदवारहरूले आयोगको तोकिएको अनलाइन दरखास्त प्रणाली मार्फत सम्पूर्ण विवरणहरू भरी नागरिकताको प्रमाणपत्र, हालसालै खिचिएको फोटो, दस्तखत नमुना. न्यूनतम योग्यताको लब्धाङ्क पत्र, तालिमको प्रमाणपत्र, समकक्षताको प्रमाणपत्र स्क्यान गरी तोकिएको दस्तुर तिरेर फारम भर्नुपर्नेछ।

सूचनामा भनिएको छ, “शिक्षक सेवा आयोगको मिति २०७८/१२/२९ गतेको निर्णयअनुसार शिक्षक सेवा आयोगको नियमावली, २०५७ को नियम र को उपनियम (१) को खण्ड (ग) वा नियम ९ को उपनियम (७) बमोजिम तोकिएको न्यूनतम योग्यता र तालिम वा योग्यता पुगेका इच्छुक उम्मेदवारहरूबाट मिति २०७१ गतेदेखि अनलाइन दरखास्त प्रणालीबाट दरखास्त पेस गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ ।”

तपाईँ यहाँ क्लिक गरेर आवेदन फारम भर्न सक्नुहुन्छ:

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड