Matra Education सोमबार, साउन ११ २०८३

मन्टेश्वरी स्कुलमा नौलो प्रयोग, कोविदा किड्सले यसरी दिँदैछ व्यवहारिक ज्ञान

मन्टेश्वरी स्कुलमा नौलो प्रयोग, कोविदा किड्सले यसरी दिँदैछ व्यवहारिक ज्ञान

  • मात्र एजुकेशन
  • शुक्रबार, जेष्ठ २७ २०७९


काठमाडौँ- पछिल्लो समय नेपाली शिक्षा प्रणाली रुपान्तरण हुँदै गइरहेको छ । लामो समय परम्परागत व्याख्यान विधि अवलम्बन गरेको नेपाली शिक्षा क्षेत्र हाल विभिन्न नवीन प्रयोगहरू सँग अभ्यस्त हुँदै गइरहेको छ । यिनै नौला प्रयोगहरू मध्य एक हो, मन्टेश्वरी शिक्षा । नेपालमा मन्टेश्वरी शिक्षाको इतिहास ज्यादै लामो नभए पनि नेपाली शैक्षिक क्षेत्रको उन्नयनमा मन्टेश्वरी प्रि स्कुलहरूको भूमिका भने अहम् रहेको छ ।

बालबालिकालाई खेल्दै सिकाउने र रमाइलो वातावरणमा ज्ञान दिने यस्ता विद्यालयहरू विभिन्न सिर्जनात्मक क्रियाकलापमा अब्बल देखिन्छन् । बुधवार भक्तपुरको एउटा विद्यालय पुग्दा तरिका जान्ने हो भने शिक्षण सिकाई साह्रै सरल प्रक्रिया रहेछ भन्ने अनुभूति हुन्थ्यो ।

भक्तपुरमा रहेको कोविदा किड्स प्रि स्कुलले बुधवार ‘टोय डे’ अर्थात् खेलौना दिवस मनायो । बालबालिकालाई सानै उमेरमा आफ्ना सामानहरू किन र कसरी हिफाजत गर्ने भन्ने ज्ञान दिन कार्यक्रम राखिएको विद्यालय प्रशासनले जनाएको छ ।

मात्र एजुकेसन सँग कुरा गर्दै कोबिदा कि प्रिन्सिपल सम्झना बस्नेतले बालबालिकाहरूको सबैभन्दा प्रिय र उनीहरूले धेरै खोजी गर्ने सामान नै खेलौना भएकाले “आइ एम स्पेसल” अर्थात् म विशेष छु भन्ने आशय बुझाउन कार्यक्रम आयोजना गरिएको बताइन्। उनले अगाडी भनिन्, “हामी ‘माइ फेब्रेट टोइज’ भन्ने विषय पडाउँछौँ जसको मूल उद्देश्य भनेको बालबालिकाले आफूलाई मनपर्ने वस्तु र विषयबारेमा खुलेर बोल्न सकुन् र उनीहरूको शिक्षकसँगको सम्बन्ध अझै प्रगाढ बनाउन सकियोस् भन्ने हो । यसका लागि बालबालिकाहरूलाई आफूलाई मनपर्ने खेल्ने कुरा किन र कसरी जतन गर्नुहुन्छ ? कसले दिनुभएको नि? आदि जस्ता छलफल र कुराकानीबाट उनीहरूलाई हाम्रो दैनिक जीवनमा आवश्यक सामानहरू ( जस्तै: झोला ,किताब ,कापी ,पानीको बोतल,जुत्ता,कपडा लगायत अन्य खेल्ने सामाग्री ) पनि त्यत्तिकै महत्त्वपूर्ण हुन्छन् र मायाले हिफाजत गर्नुपर्छ अनि फेरि फेरि प्रयोग गर्नुपर्छ आदिजस्ता विषयमा जानकारी विद्यालयले गराउने गरेको छ”।

कोविदा किड्स प्रि स्कुल यस्तै सिर्जनात्मक क्रियाकलापहरूका कारण पछिल्लो समय विद्यार्थी तथा अभिभावकहरूको रोजाइको विद्यालय बन्न सफल बहेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड