काठमाडौँ- त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकाय परीक्षा नियन्त्रण महाशाखाले स्नातक तह टि.पि.सि प्रथम वर्ष र बि.एड (आइसिटिई & एस.एन इ.) तेस्रो सेमेस्टरको को परीक्षाफल पुनर्योगको नतिजा प्रकाशित गरेको छ।
उक्त सङ्कायद्वारा २०७८ साल असोज १८ गते प्रकाशित उल्लिखित तहहरूको परीक्षाफलको प्राप्ताङ्क चित्त नबुझी पुनर्योगका लागि आवेदन गर्ने परीक्षार्थीहरूका लागि नतिजा प्रकाशित गरिएको हो।
आवेदकहरू मध्ये कुनै पनि परीक्षार्थीहरूको नतिजा परिवर्तन नभएको शिक्षाशास्त्र संकायका सहायक डीनद्वारा जारी गरिएको सूचनामा उल्लेख छ।
