Matra Education सोमबार, साउन ११ २०८३

बालविकास सम्बन्धी दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्दै पूर्वाञ्चल विश्वविद्यालय

बालविकास सम्बन्धी दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्दै पूर्वाञ्चल विश्वविद्यालय

  • मात्र एजुकेशन
  • शुक्रबार, मंसिर ७ २०८१


काठमाडौँ- पूर्वाञ्चल विश्वविद्यालयको शिक्षाशास्त्र संकायले नेपालमा पहिलो पटक बालविकास सम्बन्धी दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन गर्ने भएको छ ।

नेपाल, अमेरिका, बेलायत, मलेसिया, बङ्गलादेश लगायत १५ भन्दा बढी देशका प्राज्ञ, नीति निर्माताहरू, अनुसन्धानकर्ता र विद्यार्थीहरूको सहभागितामा मङ्सिर २१ र २२ गते विराटनगरको बिग होटलमा सम्मेलन आयोजना गर्न लागिएको पूर्वाञ्चल विश्वविद्यालयको शिक्षाशास्त्र संकायका डिन अनिल पोखरेलले जानकारी दिए।

सम्मेलनमा बालबालिका लक्षित नीति, विशेष आवश्यकता भएका बालबालिकाको हेरचाह, बालविकासका क्षेत्रमा आवश्यक जनशक्ति, पेशागत विकास र नैतिकता, जलवायु परिवर्तन र त्यसले बालबालिकालाई परेको प्रभाव, प्रारम्भिक बाल्यकाल विकासमा नवप्रवर्तन आदि विषयमा ४० भन्दा बढी सहभागीहरूले आफ्नो अध्ययन अनुसन्धानको प्रस्तुति, बालबालिका लक्षित विषयमा कार्यशाला एवं प्रदर्शनी गर्ने कार्यक्रम रहेको छ।

सम्मेलनमा बेलायतबाट प्रोफेसर करेन ग्रहाम, अमेरिकाबाट इल्सा चाहिन, लोरेन वेब्राइट र क्रिष्टिन हैगेन, भारतबाट चिराश्री घोस, नेपालबाट मिनाक्षी दाहाल, मलेसियाबाट ली जेन यून र आनी शिवानाथान लगायत मुख्य वक्ताहरुले बालविकास र प्रारम्भिक शिक्षा लगायतका विषयमा मन्तव्य दिने कार्यक्रम छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड