Matra Education बिहिबार, भाद्र २५ २०८३

फिनल्यान्डको लोभलाग्दो स्कुल प्रणालीको के हो राज ?

फिनल्यान्डको लोभलाग्दो स्कुल प्रणालीको के हो राज ?

  • मात्र एजुकेशन
  • बिहिबार, बैशाख २४ २०८३


काठमाडौँ – धेरै वर्ष अघिदेखि फिनल्यान्डमा स्कुल प्रणाली अत्यधिक सफल भएको छ। PISA नामक एक सर्वेक्षणका (जसले विश्वभरका १५ वर्ष मुनिका बालबालिकाको पढाइ, गणितीय र विज्ञान सिपको मापन गर्दछ) अनुसार संसार भर मा १५ वर्षको बच्चाहरू को ज्ञान को समूहमा, फिनल्यान्ड शीर्ष युरोपियन देश मात्र नभई शंघाई, सिंगापुर र दक्षिण कोरिया जस्ता एसियाली दिग्गजहरू सँग पनि प्रतिस्पर्धा गर्दछ। यो सानो देशको शैक्षिक प्रणालीलाई के कारणले यति महत्त्वपूर्ण र पश्चिमी दुनियाँमा अरू बाट फरक बनाउँछ ? आउनुहोस् एकैछिन चर्चा गरौँ।

फिनिस सरकारले सबै बालबालिकालाई पूर्व विद्यालय शिक्षा, (जुन किण्डर्गार्टेन पछि सुरु हुन्छ) मा अनिवार्य सहभागी गराउँछ । त्यहि उसको सफलताको पहिलो सूत्र हो। त्यहाँ अनिवार्य शिक्षा ७ बाट मात्रै सुरु हुन्छ। शिक्षकहरू आफ्ना विद्यार्थीहरू सँग स्कुलमा सकेसम्म धेरै काम गर्छन्। त्यहाँका विद्यार्थीहरू घर पुगेर थोरै मात्रै गृहकार्य गर्छन्। जब शिक्षकहरू विद्यार्थीहरू सँग हुँदैनन् तब उनीहरू पाठ्यक्रम र नयाँ परियोजनाहरूमा काम गर्दै स्कुलहरूमा धेरै समय बिताउँछन्। उनीहरू समूहमा पढाउँछन् र कार्यहरू पनि समूहलाई नै दिन्छन्। यसले उनीहरूलाई उनीहरूको लक्ष्य सम्म पुग्न मद्दत गर्नुका साथै विद्यालय छोड्ने दरलाई पनि नियन्त्रणमा राख्न सहयोग गरेको छ।

फिनल्यान्डमा शिक्षण एक अत्यधिक प्रशंसित पेसा हो जुन अन्य देशहरूमा तुलनात्मक रूपमा कम छ । फिनल्यान्डले आफ्ना शिक्षकहरूलाई धेरै ध्यान दिएर छनौट गर्दछ। केवल प्रतिभाशाली विद्यार्थीहरू एक विश्वविद्यालयमा जान्छन् र त्यहाँ उनीहरूले शिक्षामा स्नातकोत्तर सकेपछि मात्रै शिक्षक हुन लायक सोचिन्छ । फिनल्यान्डले आफ्ना नागरिकहरूलाई शिक्षित गर्नको लागी सबैभन्दा योग्य र उत्कृष्ट प्रतिस्पर्धीलाई मात्रै शिक्षकको रूपमा लिन्छ।

अन्य देशहरूको तुलनामा फिनल्यान्डमा स्कुलहरू पनि साना छन् । अन्य देश भन्दा फरक विशेषता भनेको फिनिस शिक्षकहरू आगामी जीवनको लागी तयार रहन आफ्ना विद्यार्थीलाई सिकाउँछन्। त्यसो हुँदा उसले भोलि आफ्नो बाटो आफै पहिल्याउन सक्ने उनीहरूको विश्वास छ। यी शिक्षकहरू आफ्नो विद्यालयमा हरेक विद्यार्थीलाई पहिले राम्रोसँग चिन्दछन् र उनीहरूसँग उपयुक्त तवरले समायोजन गर्न सक्छन्। शिक्षकहरूको सफलता पनि विद्यार्थीहरूको सफलतासँग जोडिने हुँदा उनीहरू सफल हुनको लागी सबै कुरा कोसिस गर्छन्। त्यही कारण शिक्षकहरू आफैँ वा विशेष प्रशिक्षित शिक्षकहरू द्वारा धेरैजसो विद्यार्थीहरू प्राथमिक विद्यालयको वर्षहरूमा अतिरिक्त सहयोग पाउँछन् ।

फिनल्यान्डका धेरैजसो विद्यालयहरूले सरकारबाट पैसा लिन्छन्। शिक्षकहरू बाट प्रशासकहरू सम्म शिक्षा प्रणालीको जिम्मामा रहेका मानिसहरू प्रशिक्षित शिक्षकहरू हुन्, अन्य देशहरू जस्तै राजनीतिज्ञहरू होइनन्। सबै फिनिस बच्चाहरू, चाहे उनीहरू सहर वा एक ग्रामीण सहर बाट आए, चाहे एक धनी वा गरिब परिवार बाट शिक्षामा समान अवसर छ। शिक्षा विशेषज्ञहरूका अनुसार त्यहाँ धेरै राम्रो र नराम्रो बिद्यार्थीहरु बिच निकै कम अन्तर छ।

सन् १९६० को दशकसम्म फिनल्यान्डको स्कुल प्रणाली उसको छिमेकी सोभियत संघबाट प्रभावित थियो। ६ वर्षपछि धेरै विद्यार्थीहरूले स्कुल छोड्थे। अथवा निजी विद्यालयमा जान्थे। त्यति बेला धनी वर्गका बालबालिकाले मात्रै गुणस्तरीय शिक्षा पाएको देखेपछि सन् १९६५ तिर त्यहाँको शिक्षालाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउनका लागि सरकारले विशेष योजना ल्यायो। उक्त निर्णय कार्यान्वयनका लागि सांसदहरूले एक साधारण निर्णय गरे। सबै ७ देखि १६ वर्षका बच्चाहरूको लागी एक ”एडल्ट स्कुल”। त्यहाँ उनीहरूले भाषा सिकाइमा पनि ध्यान दिए। विद्यार्थीहरूलाई आफ्नो दोस्रो भाषाको रूपमा स्वीडिश र तेस्रो भाषाको रूपमा अङ्ग्रेजी पनि पढाउन थालियो।

फिनल्यान्डको शैक्षिक सफलताको एक हिस्सा त्यहाँको समाज पनि हो। तथ्यहरूका अनुसार यो देशको समाज समरूप छ। अमेरिका वा अन्य पश्चिमी युरोपेली देशहरूमा जस्तो धनी र गरिबको बिच धेरै फरक छैन। यो तथ्य कक्षामा पनि झल्किन्छ। शिक्षकहरू पनि कसरी सामाजिक व्यवहार र अरूको हेरचाह गर्न को लागी विद्यार्थीहरूलाई सिकाउने भन्नेमा तल्लीन हुन्छन् । त्यो सँगै समाजमा मिलेर बस्नु, अरूलाई माया गर्नु, जिम्मेवारी लिनु भनेको आफ्नो भविष्यका लागि तयार हुनु हो भनेर सानै उमेरदेखि सिकाइन्छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड