Matra Education आइतबार, साउन १० २०८३

प्राविको विज्ञापन भोलि गर्ने आयोगको तयारी

प्राविको विज्ञापन भोलि गर्ने आयोगको तयारी

  • मात्र एजुकेशन
  • बुधबार, चैत्र ८ २०७९


काठमाडौं- शिक्षक सेवा आयोग, सानोठिमी भक्तपुरले प्राथमिक तहको विज्ञापन भोलि गरिने जनाएको छ ।

आयोगले भोलि ६ हजार १३ जना प्राथमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक परीक्षाको लागि विज्ञापन गर्न लागेको हो । आयोगले प्राथमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक परीक्षाको लागि भोलि विज्ञापन गर्ने जनाएको हो ।

कुनै पनि प्राविधिक कठिनाई नभए भोलि प्राविको विज्ञापन गर्ने तयारी आयोगले गरेको छ ।

आयोगका सूचना अधिकारी सुदर्शन मरहठ्ठाले भोलि प्राथमिक तहको विज्ञापन गरिने जानकारी दिएका छन् । उनले भने ‘प्राविधिक कठिनाई नआए भोलि प्राथमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक परीक्षाको लागि विज्ञापन गर्छौ । त्यसै अनुसारको तयारि गरेको छौं ।’

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड