Matra Education आइतबार, साउन १० २०८३

प्रथम हिसान म्याराथन २०२३ आयोजना हुने

प्रथम हिसान म्याराथन २०२३ आयोजना हुने

  • मात्र एजुकेशन
  • बिहिबार, जेष्ठ १८ २०८०


काठमाडौँ- उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) काठमाडौँ जिल्ला कार्यसमितिले जेठ २२ गते प्रथम हिसान म्याराथन २०२३ आयोजना गर्ने भएको छ। बिहीबार रिपोर्टर्स क्लब नेपालमा आयोजित एक पत्रकार सम्मेलनमा सो बारे जानकारी गराइएको हो।

‘लेट्स रुन टुगेदर फर इन्भाइरोमेन्ट’ अर्थात् वातावरणका लागि सँगै दौडौँ भन्ने नारा सहित जुन ५, विश्व वातावरण दिवसको अवसर पारेर हिसानले कार्यक्रम आयोजना गर्न लागेको हो। कार्यक्रम आयोजना गरेर वातावरण संरक्षण गर्ने विषयमा गम्भीर बन्न राज्य र सम्पूर्ण सम्बन्धित निकायहरूको ध्यानाकर्षण पनि गराउन खोजिएको हिसानले जानेको छ।

म्याराथन बिहान ठिक ७ बजे हिसान कार्यालय रहेको ट्रेड टावर, थापाथलीबाट युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुको समुपस्थितमा सुरु हुनेछ भने ट्रेड टावर बाट थापाथली, त्रिपुरेश्वर(रंगशाला), सुन्धारा, न्युरोडगेट, रत्नपार्क, जमल, त्रिचन्द्र कलेज, पुरानो बसपार्क, रामशाहपथ, माइतीघर, हुँदै पुनः सुरु भएको विन्दुमा आएर समापन हुनेछ । हिसानका सदस्य संस्थाहरूमा अध्ययनरत विद्यार्थीहरू बिच करिब ४ कि.मी. को दुरीमा दौड सञ्चालन गर्ने तयारी छ ।

प्रतियोगितामा महिला र पुरुष गरी करिब ३०० जना प्रतिस्पर्धीहरू सहभागी हुनेछन् भने महिला र पुरुष दुवै तर्फ प्रथम, द्वितीय र तृतीय हुने प्रतिस्पर्धीहरूलाई क्रमशः नगद रु १५०००, रु १००००, रु ५००० पुरस्कारको ‘व्यवस्था गरिएको छ । साथै महिला र पुरुष तर्फ थप ३/३ जना लाई सान्त्वना पुरस्कार स्वरूप रु १००० उपलब्ध गराइने आयोजकको भनाई छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड