काठमाडौंँ- पूर्वाञ्चल विश्वविद्यालय, चिकित्साशास्त्र संकाय, गोठगाउँ, मोरङ्ग ले बेसिक साइन्स तर्फ शिक्षकहरूको आवेदन माग गरेको छ ।
चिकित्साशास्त्र संकाय अन्तर्गत करार सेवामा शिक्षकहरूको पदपूर्ति गर्नुपर्ने भएकोले इच्छुक योग्य नेपाली नागरिकहरूले आफूले प्राप्त गरेको शैक्षिक योग्यताको सम्पूर्ण प्रमाणपत्रहरुको प्रमाणित प्रतिलिपि २ (दुई) प्रति पासपोर्ट साइज फोटो र तोकिए बमोजिमको दस्तुर सहित सूचना प्रकाशित भएको मितिले १५ (पन्ध) दिन भित्र दरखास्त पेश गर्न यो सूचना प्रकाशित गरिएको पूर्वाञ्चल विश्वविद्यालयले जनाएको छ ।
साथै आवेदन फारम तथा आवेदकले ध्यान दिनुपर्ने विस्तृत विवरण र जानकारी www.pufomas.edu.np बाट प्राप्त गर्न सकिनेछ ।
सूचना हेर्न यहाँ क्लिकगर्नुहोस्: