Matra Education बुधबार, कार्तिक ५ २०८३

नेपाल विद्या सदनकी आन्या घलान ‘लिटल च्याम्प्स–४’ की उपविजेता

नेपाल विद्या सदनकी आन्या घलान ‘लिटल च्याम्प्स–४’ की उपविजेता

  • मात्र एजुकेशन
  • आइतबार, असोज १८ २०८३


काठमाडौँ- रिलायन्स एजुकेसन नेटवर्कअन्तर्गत चाबहिल–सरस्वतीनगर स्थित नेपाल विद्या सदनकी कक्षा ६ मा अध्ययनरत आन्या घलान राष्ट्रिय स्तरको ‘लिटल च्याम्प्स सिजन–४’ की उपविजेता बनेकी छन्।

लाइफ ओके टेलिभिजनबाट प्रसारण भएको उक्त प्रतिस्पर्धात्मक कार्यक्रममा देशभरका ४ सयभन्दा बढी विद्यार्थी सहभागी थिए। करिब ६ महिनासम्म सञ्चालन भएको धारावाहिक प्रतिस्पर्धामा आन्याले उत्कृष्ट प्रदर्शन गर्दै दोस्रो स्थान हासिल गरेकी हुन्। उपविजेता बनेकी आन्याले ५० हजार रुपैयाँ नगद, प्रमाणपत्रलगायत पुरस्कार प्राप्त गरेकी छन्।

नेपाल विद्या सदनका प्रधानाध्यापक लक्ष्मण आचार्यका अनुसार विद्यालयले नियमित कक्षापछि विद्यार्थीलाई दैनिक एक घण्टा अतिरिक्त क्रियाकलापमा अभ्यास गराउँदै आएको छ। विद्यार्थीको रुचि र प्रतिभाअनुसार अतिरिक्त क्रियाकलापमा अवसर दिँदै आएकाले यस्ता उपलब्धि हासिल गर्न सफल भएको उनले बताए।

रिलायन्स एजुकेसन नेटवर्कअन्तर्गत पाँच विद्यालय र तीन कलेज सञ्चालनमा छन्। नेपाल विद्या सदन नेटवर्कअन्तर्गत सञ्चालनमा आएको पछिल्लो शैक्षिक संस्था हो।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड