Matra Education बिहिबार, कार्तिक १२ २०८३

नेपाली विद्यार्थीलाई गज्जबको अफर, आसम डाउन टाउन युनिभर्सिटीले सय जनालाई पूर्ण छात्रवृत्ति दिने

नेपाली विद्यार्थीलाई गज्जबको अफर, आसम डाउन टाउन युनिभर्सिटीले सय जनालाई पूर्ण छात्रवृत्ति दिने

  • मात्र एजुकेशन
  • मंगलबार, साउन ३ २०७९


काठमाडौँ- भारतको गुवाहटीमा अवस्थित डाउन टाउन युनिभर्सिटीले पहिलो पटक नेपाल भारत र बङ्गलादेशका विद्यार्थीहरूलाई स्नातक तहमा छात्रवृत्ति उपलब्ध गराउने भएको छ । यी देशका विद्यार्थीहरूले अनलाईनबाट नै छात्रवृत्तिमा सहभागी हुनको लागि निवेदन दिन सक्छन् । युनिभर्सिटीले पाँच करोड मूल्य बराबरको छात्रवृत्ति घोषणा गरेको हो ।

नेपालका लागि अनलाइन छात्रवृत्ति परीक्षामा सहभागी हुनको लागि श्रावण ११ गतेसम्म दर्ता हुनुपर्ने हुन्छ भने अनलाइन परीक्षा श्रावण १३ को लागि तोकिएको छ । यहाँ क्लिक गरेर विद्यार्थीहरूले छात्रवृत्तिको लागि आवेदन दिन सक्नेछन् ।

अहिले उक्त युनिभर्सिटीमा नेपाल, भुटान र बङ्गलादेशका सयौँ विद्यार्थीहरू अध्ययनरत छन्। यस छात्रवृत्ति कार्यक्रम अन्तर्गत, शीर्ष १०० जना विद्यार्थीहरूलाई शतप्रतिशत छात्रवृत्ति प्रदान गरिनेछ भने उक्त छात्रवृत्ति विद्यार्थीहरूको पाठ्यक्रम पूरा नभएसम्मका लागि जारी रहन्छ ।

छोटो अवधिमा, यस युनिभर्सिटीले विभिन्न विषयहरूमा पिएचडी प्रदान गर्दै, शिक्षा र अनुसन्धानको अग्रणी केन्द्रको रूपमा उभिएको छ। भारतका विभिन्न राज्य लगायत नेपाल, भुटान, बङ्गलादेश, नाइजेरिया र रुवाण्डा लगायतका विद्यार्थीहरूले पनि उच्च अध्ययनका लागि यस विश्वविद्यालय रोज्ने गरेका छन्।

विश्वविद्यालयले वार्षिक रूपमा रोजगार मेला समेत आयोजना गर्ने गरेको छ । उक्त मेलामा नाम चलेका विभिन्न अन्तर्राष्ट्रिय कम्पनीहरूको सहभागी हुन्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड