काठमाडौँ- द ब्रिटिस कलेज अन्तर्गतको ब्रिटिस प्रोफेसनल कलेज (बीपीसी)मा अध्ययनरत रिया मानन्धर विश्वकै दोस्रो सर्वोत्कृष्ट छात्रा बन्न सफल भएकी छिन्। हालै प्रकाशित परीक्षाको नतिजामा कलेजको एसोसिएसन अफ चार्टर्ड सर्टिफाइड एकाउन्टेन्ट (एसीसीए) कार्यक्रममा अध्ययनरत रियाले ‘फाइनालसियल म्यानेजमेन्ट’ विषयमा ९८ प्रतिशत अंक ल्याएर ‘वर्ल्ड टप’ गरेकी हुन् ।
२० वर्षीय मानन्धरले गएको वर्ष मार्चमा भएको एसीसीए अन्तर्गतको पर्फमेन्स म्यानेजमेन्ट परीक्षामा ९१ प्रतिशत प्राप्त गरी विश्वकै सर्वोत्कृष्ट बनेकी थिइन् । त्यस्तै सन् २०२१ मा भएको टयाक्सेसन पेपरमा ९८ प्रतिशत ल्याउँदै उनले विश्व टप गरेकी थिइन् । यस वर्ष पनि उनले ‘फाइनालसियल म्यानेजमेन्ट’ विषयमा ९८ प्रतिशत ल्याएर आफ्नो सफलतालाई निरन्तर कायम राख्न सफल भएकी हुन् ।
एसीसीए कार्यक्रम विश्वको सबैभन्दा ठूलो र छिटो बढिरहेको अन्तर्राष्ट्रिय लेखा निकाय हो । यसका विश्वका १७९ देशमा ५ लाख ३५ हजार विद्यार्थी र २ लाख ३३ हजार सदस्यहरू रहेका छन् । विश्वभरका हजारौँ विद्यार्थीहरूको लागि बनाइएको प्रश्नपत्रहरूमा सबैभन्दा उत्तम नतिजा रियाले प्राप्त गरेकी हुन् ।
‘मुख्यतया विश्वस्तरीय सुविधा र कलेजका शिक्षकहरूको प्रतिष्ठाको कारणले गर्दा म एसीसीए पढ्नको लागि बीपीसीमा भर्ना भएँ।’ आफ्नो उपलब्धिबारे रियाले भनिन्, ‘विद्यार्थीहरूले बीपीसीको तर्फबाट सबै प्रकारको सहयोग पाउँछन् र मैले पनि परीक्षाको तयारीको लागि शिक्षकहरूबाट राम्रो साथ र सहयोग पाएँ ।’
आफ्नो छात्राले पुनः राम्रो नतिजा ल्याएकोमा कलेजका एसीसीए प्रोग्राम म्यानेजर दिपेन्द्र के. श्रेष्ठले खुसी व्यक्त गरेका छन्। कलेजमा अध्ययनरत रिया तेस्रो पटक सर्वोत्कृष्ट नजिता ल्याउन सफल भएकोमा श्रेष्ठले भने, ‘नेपालमा ब्रिटिस कलेजको एसीसीए कार्यक्रमको प्रतिष्ठा उत्कृष्ट छ । हाम्रा विद्यार्थीहरूले नियमित रूपमा राष्ट्रियस्तरका उपलब्धिहरू हासिल गरिरहेका छन्। अन्य विद्यार्थीहरूले पनि उनको पाइला पछ्याउने हामी अपेक्षा गर्दछौँ ।’