काठमाडौँ- शिक्षक सेवा आयोगले भोलि वैशाख २४ गते निम्न माध्यमिक तहको नतिजा प्रकाशित गर्ने तयारी गरेको छ। केही समयअघि मात्र एजुकेसनले वैशाखभित्रै नतिजा प्रकाशित हुने खबर सार्वजनिक गरेको थियो।
लामो समय पछि खुलेको आयोगले गत चैत १७ गते निम्न माध्यमिक तहको परीक्षा सञ्चालन गरेको थियो। निम्न माध्यमिक तहको २ हजार ५९८ शिक्षक पदको लागि ८८ हजार ५१९ जना परीक्षार्थी परीक्षामा सामेल भएका थिए । उक्त परीक्षार्थी करिब २७ प्रतिशत मात्र परीक्षार्थी उत्तीर्ण भएको आयोग स्रोतले जानकारी दियो ।
आयोगले यसअघि माध्यमिक तहको नतिजा सार्वजनिक गरिसकेको छ।
मात्र एजुकेसनले तपाईँलाई नतिजा प्रकाशित भएपछि हेर्ने तरिकासहित अपडेट गराउनेछ ।