Matra Education आइतबार, साउन १० २०८३

त्रिवि कानून संकायद्धारा एलएल.बी.प्रथम वर्षमा भर्नाका लागि सूचना आह्वान (सूचना सहित)

त्रिवि कानून संकायद्धारा एलएल.बी.प्रथम वर्षमा भर्नाका लागि सूचना आह्वान (सूचना सहित)

  • मात्र एजुकेशन
  • बिहिबार, चैत्र ३० २०७९


काठमाडौं- त्रिभुवन विश्वविद्यालय, कानून संकाय,डीनको कार्यालयले एलएल. बी. प्रथम वर्षमा नयाँ विद्यार्थी भर्नाका लागि प्रवेश परीक्षा फाराम भर्ने र परीक्षा सञ्चालन गर्ने सम्बन्धी सूचना आह्वान गरेको छ ।

डीनको कार्यालयले आज एक सूचना जारी गर्दै कानून संकायद्वारा शैक्षिक सत्र २०७८/७९ का लागि वार्षिक प्रणालीमा स्नातक तह एलएल. बी. प्रथम वर्षमा नयाँ विद्यार्थी भर्नाका लागि लिइने प्रवेश परीक्षामा सम्मलित हुन चाहने सम्बन्धित सबैका लागि यो सूचना प्रकाशित गरेको हो ।

आवेदन फाराम वितरण र दर्ता २०८० साल वैशाख १० गते देखि जेठ ९ गते मंगलबारसम्म रहने सूचनामा उल्लेख छ ।
त्यस्तै परीक्षाको आवेदन फाराम कानून संकाय अन्तर्गत स्नातक तहको एलएल.बी. पठनपाठन हुने क्याम्पसहरू उपलब्ध हुने तथा बुझाउने सकिनेछ ।

प्रवेश परीक्षा फाराम तथा परीक्षा दस्तुर एक हजार दुई सय तोकिएको छ भने एलएल.बी. भर्ना हुने चाहनेहरुले त्रि. वि. वाट मान्यता प्राप्त शिक्षणसंस्थाबाट स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ ।

प्रवेश परीक्षा २०८० साल जेठ २७ गते शनिवार बिहान ११ : ०० बजेदेखि २ : ०० बजेसम्म सञ्चालन हुने छ ।

परीक्षा सम्बन्धी विस्तृत विवरण कार्यालयको सूचना पाटी वा वेबसाइट www.fol.edu.np
मा पनि हेर्न सकिनेछ ।

सूचना सहित

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड