काठमाडौं- त्रिभुवन विश्वविद्यालय, विज्ञान तथा प्रविधि अध्ययन संस्थान, डीनको कार्यालयले भोलि बिहिवार शोक बिदा दिने निर्णय गरेको छ ।
विज्ञान तथा प्रविधि अध्ययन संस्थानका पुर्व डीन प्रा.डा. दिल्ली देवी शाक्यको २०७९ साल चैत १४ गते असामयिक निधन भएकाले शोकको घडीमा भोलि चैत १६ गते एक दिन शोक बिदा दिने निर्णय भएको सूचना उल्लेख छ ।
साथै डिन कार्यालय द्वारा संचालित पिएच।डि, प्रथम सेमेष्टरको कक्षाहरु समेत बन्द रहनेछन् ।
सूचना हेर्नुहोस् :
