काठमाडौं- त्रिभुवन विश्वविद्यालय,परीक्षा नियन्त्रण कार्यालय, बल्खुले बि. एस्सी. तेस्रो वर्षको परीक्षाको परीक्षाफल प्रकाशित गरेको छ ।
परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्धारा २०७८ र २०७९ साल चैत्र र बैशाख महिनामा संचालित विज्ञान तथा प्रविधि अध्ययन संस्थान तर्फ (४ वर्षे तर्फको) बि.एस्सी. (4Bsc.IIIrd year)तेस्रो वर्षको परीक्षाको परीक्षाफल केन्द्रिय परीक्षा संचालक समितिको निर्णयानुसार प्रकाशित गरिएको हो । परीक्षाको परीक्षाफल वेभसाईट www.tuexam.edu.np मा हेर्न सकिनेछ र Nepal Telecom को 1602 मा डायल गरी वा 33624 मा SMS गरेर पनि जानकारी पाउन सकिनेछ ।
साथै त्रि. वि. संगठन तथा शैक्षिक प्रशासन सम्वन्धि नियम २०५० को परिच्छेद ६६ को दफा २६८ र २७० अनुसार परीक्षाको मर्यादा विपरित कार्य गर्ने परीक्षा क्रमाङ ५००३७०६०२, ५००३७०७४३, का परीक्षार्थी लाई २०७९ साल सम्म २ (दुई) वर्षको लागि त्रि.वि. बाट संचालन गर्ने कुनै पनि परीक्षामा सम्मिलित हुन नपाउने गरी निष्काशन गरिएको छ ।
सूचना हेर्नुहोस्:
