Matra Education आइतबार, साउन १० २०८३

त्रिभुवन विश्वविद्यालयबाट आयो देशभरका विद्यार्थीलाई फुरुङ्ग पार्ने खबर

त्रिभुवन विश्वविद्यालयबाट आयो देशभरका विद्यार्थीलाई फुरुङ्ग पार्ने खबर

  • मात्र एजुकेशन
  • मंगलबार, कार्तिक २ २०७८


काठमाडौं- त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयले अब शैक्षिक प्रमाणपत्र अनलाइनबाटै उपलब्ध गराउने भएको छ ।

कार्यालयले अनलाइनबाटै सम्पूर्ण प्रक्रिया पुरा गरेका विद्यार्थीको हकमा मंसिरदेखि अनलाइनबाटै प्रमाणपत्र उपलब्ध गराउने निर्णय गरेको हो । यो सँगै प्रमाणपत्र लिनका लागि बल्खु पुग्नुपर्ने बाध्यताको अन्त्य हुने भएको छ ।

विश्वविद्यालयबाट हरेक वर्ष एक लाखभन्दा बढी विद्यार्थीले स्नातकदेखि विद्यावारिधि हासिल गर्छन् । उनीहरुले शैक्षिक प्रमाणपत्र लिनका लागि बल्खुनै पुग्नुपर्ने बाध्यता छ ।

योसँगै शैक्षिक प्रमाणपत्र लिन लाइन बस्नुपर्ने झन्झट अन्त्य हुनेछ । विद्यार्थीले शुल्कलगायतका सम्पूर्ण काम अनलाइनबाटै बुझाउनसक्ने जनाइएको छ । त्यसका लागि आवश्यक पूर्वाधार दक्ष जनशक्ति तयार गरिसकेको विश्वविद्यालयले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड