काठमाडौँ- जापनिज ल्याग्वेज स्कुल एसोसिएसन अफ नेपाल (जाल्सन) ले आठौँ जापानी भाषा वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ। गत माघ २८ गते शनिबारका दिन वानेश्वर स्थित इन्द्रेणी बैन्क्वेन्टमा प्रतियोगिता आयोजना गरिएको हो। नेपालमा जापानी भाषा, संस्कृति र जापानी शैक्षिक प्रणालीको प्रवर्द्धन गर्ने उद्देश्यका साथ जाल्सनले ‘जापनिज ल्याङ्वेज स्पीच कन्टेस्ट’ आयोजना गदै आइरहेको छ।
कार्यक्रममा जापानी दूतावास, जाईका अलुम्नाइ एसोसिएसन अफ नेपाल (जान), जापनिज युनिभर्सिटी अलुम्नाइ एसोसिएसन अफ नेपाल (जुवान), AOTS NEPAL, IWATANI GAKUEN, फेडरेसन अफ एजुकेसनल काउन्सिल, एभरेस्ट बैङ्क, सिटी एक्सप्रेस, इष्ट बृज, ECAN, FECON, NIHONJINKAI, IERIN, NECA, NAAER, LAN, JLCT, J-CERT, PJC, NAT TEST, पुडासैनी मैत्री समाज, नरेन्द्र बाटिका नक्साल लगायत जाल्सन परिवारको बाक्लो उपस्थित रहेको थियो।
राष्ट्रिय गानको उच्च सम्मान गदै अगाडि बढेको वक्तृत्व कला प्रतियोगिताको औपचारिक समुद्घाटनमा उपस्थित सम्पूर्ण अतिथिहरूलाई स्वागत गदै संस्थाका महासचिव अरुण पाण्डेले स्वागत मन्तव्य व्यक्त गरे।
कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष सुनिल बज्राचार्यले जाल्सनको क्रियाकलापको बारेमा कार्यक्रममा जानकारी गराएका थिए भने जाल्सनका सञ्चालक समितिका सदस्य रमेश आचार्यले विद्यार्थी, निर्णायक वर्ग र उपस्थितहरूमा आठौँ जापानी भाषा वक्तृत्वकला प्रतियोगिताको नियमहरू पढेर सुनाएका थिए ।
जापानी दूतावासकी द्वितीय सचिव (सेकेन्ड सेक्रेटरी) मिस साटो मायुको, नियोन्जिन खाई नेपालकी डाइरेक्टर मिस कुमिको काटो र जान की महासचिव शान्ति लक्ष्मी शाक्यले प्रतियोगिताका जुरी कमिटीको भूमिका निर्वाह गरेका थिए। उनीहरूले संयुक्त रूपमा उत्कृष्ट प्रतियोगी विद्यार्थीहरू क्रमशः सगरमाथा जापनिज ल्याङ्वेज इन्स्टिच्युटका हृदय शाक्य प्रथम, स्काइलार्क जापनिज ल्याङ्वेज स्कुलका निकेश घिसिङ तामाङ द्वितीय, वाकाबा एजुकेसन कन्सल्टेन्सीका रविन डङ्गोल तृतीय र इन्टरनेशनल काईकन एजुकेसनल कन्सल्टेन्सीकी अर्चना श्रेष्ठ चौथो स्थान ओगट्न सफल भएको जानकारी दिएका थिए।
उत्कृष्ट प्रतियोगिहरुलाई कार्यक्रमका प्रमुख अतिथि जापनिज दूतावासका राजदूत महामहिम मिस्टर किकुता युतकाले प्रमाणपत्र र पुरस्कार वितरण गरेका थिए । पुरस्कार वितरण पश्चात् उनले नेपालमा जापनिज भाषा, संस्कृति र जापानी शैक्षिक प्रणालीको प्रवर्द्धन गर्नमा जापनिज ल्याग्वोज स्कुल एसोसिएसन अफ नेपाल (जाल्सन) ले पुराएको योगदानको उच्च कदर गदै आफ्नो मन्तव्य राखेका थिए । संस्थाका अध्यक्ष रमेश देवकोटाले उपस्थित जुरी कमिटी, अतिथि र प्रयोजकहरूलाई मायाको चिनो प्रदान गरेका थिए। साथै सम्पूर्ण प्रतियोगिहरुलाई सिटी एक्सप्रेसद्वारा उपलब्ध गराइएको उपहारहरू प्रदान गरिएको थियो। कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सबै स्वयंसेवकहरूलाई संस्थाका आई पि पि झम्कलाल श्रेष्ठ(विशाल) ले प्रमाणपत्र प्रदान गरेका थिए।
कार्यक्रम सञ्चालन संस्थाका सदस्य द्वय सञ्जीव जङ्ग वन र मिरिया खड्गीले गरेका थिए ।
