एस इ इ को नतिजा प्रकाशन भए सँगै नेपाली कलेजहरू विद्यार्थी भर्नाको अभियानमा छन् । त्यस्तै विद्यार्थी पनि आफलाइ उपयुक्त शैक्षिक गन्तव्य छनोट गर्न व्यस्त छन् ।यसै सन्दर्भमा हामीले चाबहिलमा रहेको भि.एस कलेजका बारेमा तपाईँलाई जानकारी दिने उद्देश्यका साथ क्याम्पसका बोर्ड अफ डाइरेक्टर तथा प्रोग्रेसिभ सेकेण्डरि स्कुलका प्रिन्सिपल विष्णु पराजुली सँग कुराकानी गरेका छौ। प्रस्तुत छ कुराकानीको सम्पादित अंस ।
भिएस कलेजको अहिलेको गतिविधि कस्तो छ ?
भर्खरै अहिले एसईईको रिजल्ट प्रकाशित भएको छ । विद्यार्थीहरूको भिजिट बढिरहेको हुनाले यसमै हामी व्यस्त छौ । विद्यार्थीहरूको काउन्सिलङ गर्ने, धेरै विद्यार्थीहरू अन्योलमा हुन्छन् यस बेला कुन विषय पढ्ने कुन विषय पढ्दा खेरि गन्तव्यमा पुग्न सकिन्छ र पढ्दा पनि विभिन्न खालका हल्लाहरू हुन्छन् त्यसको पछाडिको कारणले गर्दाखेरि पनि धेरै बिध्यार्थिहरू अलमलमा भएको हुनाले हामी अहिले काउन्सिलिङको फेजमा छौँ ।
यहाँ नजिकै हुने बिध्यार्थिलाई त भिएस कलेज छ, राम्रो छ भन्ने थाहा होला । जो बिध्यार्थिहरूलाइ भिएस कलेजको बारेमा थाहा छैन उनिहरुलाइ यहाँले भिएस कलेजलाई कसरी चिनाउनु हुन्छ ?
विनायक सिद्ध कलेज २०१४ मा स्थापना भएको कलेज हो । हाम्रो स्कुल चाहिँ अलि पुरानै हो । कलेज नयाँ भएको हुनाले पनि हामीले त्यति धेरै मार्केटिङ गर्ने र यसलाई चिनाउने अभियानमा लागेका छैनौँ । हामी लामो समय सम्म शिक्षामा लागेको हुनाले जो हामीसँग नजिक छन्, जसले हामीलाई बुझेका छन् उहाँहरुकै सेवामा हामी छौ । अन्य शैक्षिक संस्थाहरूले पनि हामीलाई विश्वास गरेर विद्यार्थीहरू पठाई दिनु भएको कारणले गर्दा हामी सँग आज १६/१७ सय बिध्यार्थिहरू ११ देखि ब्याचलर सम्म छन् । यसले के पुष्टि गर्छ भन्दा धेरै विद्यार्थीहरू र धेरै अभिभावकहरू पनि हाम्रो विज्ञापनको स्रोत हो। र धेरैले हामीलाई विश्वास पनि गर्नु भएको हुनाले हामीले टाढा टाढाका विद्यार्थीलाई तान्ने खालको त्यो अभियानमा पनि छैनौँ । किनभने हामीसँग सीमित स्रोत साधन छ त्यसैलाई परिचालन गर्दा जुन विद्यार्थीहरूको फ्लो छ त्यसैलाई पुगिराखेको अवस्था अहिले छ । कतिपय टाढाको विद्यार्थीहरू यिनै हाम्रो विद्यार्थी अविभावक र हाम्रो चिनजानको हिसाबले आउनु हुन्छ ।
यति बेला शिक्षा क्षेत्रको कुराकानी गर्ने हो भने भर्खरै एसइई रिजल्ट पब्लिस भएको छ । एक हिसाबले भन्ने हो भने कलेजहरूलाई असार नै लागेको छ । भिएस कलेजले नयाँ सेसनमा भर्ना गर्नका लागि के कस्ता गतिविधिहरू गरिरहेको छ ?
हाम्रो मुख्य कुरा त कस्तो हो भने अघि नै मैले तपाईँलाई भने जतिसुकै जे कुरा गरे पनि गुणस्तर बिनाको शिक्षा काम आउँदैन । जीवन उपयोगी शिक्षा हुनुपर्छ । मान्छेले आफ्नो जीवनलाई कसरी सार्थक बनाउन सक्छ यो अभियानमा लाग्नुपर्छ हरेक मान्छेमा फरक फरक खालका क्षमता हुन्छन् । त्यो क्षमतालाई प्रस्फुटन कसरी गर्ने सकिन्छ भन्ने अभियानमा विनायक सिद्ध कलेज लागेको छ । जस्तो कुनै विद्यार्थीले राम्रोसँग गीत गाएर,बाद्देबादन बजाएर, खेल खेलेर पनि उसले जीविका चलाउँदो रहेछ । भनेपछि यो भित्र के चाहिँ उसको रुचि हो । के उसको क्षमता भित्र पर्छ त्यो कुरालाई प्रस्फुटन गराउने अभियानमा हामी छौ । त्यति मात्रै होइन, विनायक सिद्ध कलेजमा पढेका विद्यार्थीहरू नेपालका जुनसुकै क्षेत्रमा जाँदा खेरि एउटा अब्बल खालको जनशक्ति उत्पादन होस भन्ने अभियानका साथ हामी लागेको हुनाले दक्ष जनशक्ति छ। हामीसँग टिचरहरूको टिम राम्रो छ र स्वच्छ वातावरण छ । त्यो कारणले गर्दा पनि विद्यार्थीहरूको उत्साहजनक सहभागिता छ। अनुशासित बिध्यार्थिहरू कस्तो भने मान्छे जन्मँदै सबै कुरा लिएर आएको हुँदैन । उसलाई शैक्षिक वातावरणले प्रभाव पार्ने भएको हुनाले त्यो खालको वातावरण दिन हामी दत्तचित्त भएर लागि रहेको अवस्था छ । एउटा अनुशासित विद्यार्थीले नै धेरै कुराहरू गर्न सक्छ भनेर हामी त्यो कुरालाई अझ बढी फोकस गरिरहेको अवस्था छ। त्यसो हुँदा धेरै विद्यार्थीहरू को रोजाइ हामीले विज्ञापन नगरी रहदापनि यो सेन्टर भएको हुनाले पनि होला धेरै विद्यार्थीको रोजाइ विनायक सिद्ध कलेज भएको छ ।
म अब काठमाडौँ गएर पढ्छु भनेर डिसिजन गरेको कोही विद्यार्थी, अझ भनौँ चाबहिल पेरिफेरिमा बस्ने विद्यार्थीहरूले थुप्रै कलेज चाबहिल वरिपरि हुँदाहुँदै विनायक सिद्ध नै रोज्नुपर्ने कारण के छन् ?
चाबहिल वास्तवमा काठमाडौँको एउटा सेन्टर पनि हो एजुकेसन हबको रूपमा पनि छ थुप्रै कलेजहरू छन् यहाँ तर अघि नै मैले भने एकदमै हेर्दा खेरि चिरिच्याट्ट हुने भन्दा पनि त्यसको गुणस्तर के हो ? त्यसको भित्री कुरा के हो ? भन्ने कुरा अबको विद्यार्थीले बुझ्छ त्यसो भएको हुनाले यी कुरालाई हामीले फोकस गरेकाले विद्यार्थीहरूको रोजाइ भिएस कलेज बनेको हो भन्ने मलाई लागेको छ । अबको २१औ शताब्दिको शिक्षा वैज्ञानिक हुनुपर्छ ,सिपमूलक हुनुपर्छ , व्यावहारिक हुनुपर्छ ,समाजलाई चिन्ने खालको हुनुपर्छ भन्ने सोचका साथ अभियानमा लागेको एउटा शैक्षिक टिमबाट यो कलेज सञ्चालित छ । त्यो कुरा धेरै मान्छेलाई थाहा भएको कारणले गर्दा पनि भि. एस कलेज रोजाइमा पर्छ । अर्को कुरा हामी कहाँ लगभग सबै विषयहरू पढाइ हुन्छन् भने ह्युमानिटिज,म्यानेजमेन्ट ,ल यी विषयहरूलाई बढी फोकस गरेका छौ अझ ल पढ्नका लागि विद्यार्थीहरूले भिएस कलेज रोज्ने गरेको हामीले पाएका छौ ।
यहाँको फ्याकल्टि मेम्बरहरू अथवा यहाँको फ्याकल्टि कसरी अरूभन्दा फरक छ ?
मैले तपाईँलाई अघि भि. एसलाई चिनाउँदा नै भनिसकेको छु। सबैभन्दा ठुलो कुरा गुणस्तर हो । गुणस्तर कसरी कायम रहन्छ भन्दाखेरि टिचरहरू राम्रो हुनुपर्छ त्यो कुरामा हामीले कम्परमाइज गरेका छैनौँ । अझ अघि नै पनि उल्लेख गरे वातावरणको कुरा जस्तै बसाइ ,उठाई, हिँडाई, सङ्गत यी सबै कुरा हुँदाहुँदै पनि राम्रो खालको टिचरहरूको व्यवस्थापन गर्ने सकिएन भने त्यो गुणस्तर प्राप्त हुन सक्दैन त्यसो भएको हुनाले टिचर छनोटमा सबैभन्दा बढी ध्यान दिएको अवस्था छ हामीले ।
यति बेला विश्व महामारी कोरोना कोभिड १९ ले विश्व आक्रान्त भएको बेलामा हाम्रो शिक्षा क्षेत्र पनि अछुतो छैन । खास गरी भन्ने हो भने यो एउटा तहसनहस कै अवस्थामा छ । किनभने हामी करिब २ वर्ष लकडाउनमा रह्यौ । फिजिकल कक्षाहरू सञ्चालन हुन सकेको छैन यस्तो अवस्थामा विनायक सिद्ध कलेज चाहिँ यो समस्यासँग कसरी जुधिरहेको छ ?
यो कोरोना संसारभर फैलिएको कारणले गर्दा धेरै मान्छेहरू आक्रान्त भएको अवस्था छ । अझ हामी जस्तो विकास उन्मुख देशलाई अझ बढी यसले प्रभाव पारेको अवस्था छ । यो जसरी संसारमा आगो जसरी फैलियो यो रोग यसलाई नियन्त्रण गर्न धेरै मान्छेहरू लाग्दापनि सम्भव भइरहेको छैन । हाम्रोजस्तो देशले न्यूनीकरण गर्ने मात्रै हो निर्मुलीकरण गर्न सक्दैन । त्यो अवस्था छैन । यधपी अघिल्लो बर्ष पनि लकडाउन गरियो लकडाउन पछि बिस्तारै सबै क्षेत्र खुल्दा पनि स्कुल कलेजलाई खोलिएन। सेन्सेटिभ मानियो । त्यसैले यो बर्ष पनि सबैभन्दा पहिला स्कुल कलेजलाई बन्द गरियो । अहिले पनि तपाईँले हेर्नुहुन्छ भने अरू क्षेत्रहरू बन्द गरिएका छैनन् ।१२ कक्षाको परीक्षा स्थगित गरिएको छ । युनिभर्सिटीका पनि परिक्षाहरू स्थगित गरिएका छैनन् । अरू सबै कक्षाहरू बन्द गरिएको अवस्था छ । त्यसो भएको हुँदा सबैभन्दा सेन्सेटिभ क्षेत्र शिक्षा क्षेत्र हो । तर यसलाई राज्यले जसरी हेर्नुपर्थ्यो जसरी समाधान गर्नुपर्थ्यो । शिक्षा मन्त्रालय भन्नुहोस् । सिङ्गो सरकार भन्नुहोस् । यसले सम्बोधन नगरि दिँदाखेरि थुप्रै स्कुल कलेज बन्द हुने अवस्थामा छन् ।यद्यपि हामीले हाम्रा कक्षाहरूलाई व्यवस्थित, मर्यादित बनाउनका लागि विभिन्न एपहरू प्रयोग गरेर अहिलेको जुन समय सापेक्ष जुम भयो गुगलका कक्षाहरूलाई प्रयोग गरेर विज्ञान प्रविधिमैत्री कक्षाहरू सञ्चालन गरिरहेका छौ । विद्यार्थीले स्कुलमा जाँदा कलेजमा जाँदाखेरि साथीसँग उठाई,बसाइँ ,हिँडाई उसको सबै कुराबाट सिकिने हो नि । सिकाई भनेको त यस्ता सबै कुराबाट सिकिने हो ।त्यो कुराचाहिँ दिन सकिएको छैन । तर किताबी कुराहरूलाई हामीले अनलाइन बाट पढाइ राखेका छौ भने पठनपाठनको गति एक हिसाबले चलिराखेको छ । आर्थिक रूपमा थुप्रै स्कुल कलेजलाई समस्या परेको अवस्था छ ।
एकातिर हामी हामी प्रविधि मैत्री बन्न सकेका छैनौँ भने अर्कोतिर हामिसँग ती पुर्वाधारहरू पनि पर्याप्त मात्रामा विकास हुन सकेको छैन ।यो अवस्थामा वैकल्पिक विधिचाहिँ कतिको प्रभावकारी देखिएको छ ?
हामी वास्तवमा अहिले प्रविधिमैत्री हुन सकेका थिएनौ। अहिले सरकारको कुरा गर्नुहुन्छ भने प्राईभेट सेक्टरले सबैभन्दा पहिला अनलाइन कक्षाहरू सुरु गर्यो । तर असारमा आएर नेपाल सरकारका मन्त्री ज्यु ले फि नलिनु भनिदिनु भयो । उहाँहरू आफै यो कुरा विश्वसनीय छैन भन्ने कुरामा कन्भिन्सड हुनु हुन्थ्यो तर उहाँहरूले बिस्तारै समय सापेक्ष रूपमा जानुपर्ने रहेछ भन्ने बुझ्नुभयो । अब अहिले फेरि पनि लकडाउन भएपछि भने त्यो उहाँहरूले मनन गर्नुभयो होला सायद विकल्पनै थिएन होला । त्यसलाई शैक्षिक सत्र बढाएर असार सम्म लगियो ।अघिल्लो वर्ष पनि अनलाइनबाट गरियो। यो बर्ष पनि अनलाइनबाटै सञ्चालन गरिएको छ । यसले गर्दा यो के रहेछ भने पढ्ने कुरामा विषयगत कुरामा यो ठिक छ । तर सिकाइका विभिन्न खालका प्रक्रिया हुन्छन् यो प्रक्रिया अन्तरगत पढ्न सिक्न त्यति धेरै प्रभावकारी भएको जस्तो मलाई लाग्दैन ।
सर लामो समयदेखि शिक्षामा क्रियाशील हुनुहुन्छ र एनप्याबसन जस्तो छाता सङ्गठनको निवर्तमान जिल्ला अध्यक्ष पनि हुनहुन्छ। सर सँग यो लामो अनुभव भएकाले मैले सोध्न खोजेको हामी शिक्षा क्षेत्रमा बसेर अरूलाई यस्तो गर भनेर सिकाउने, बाटो देखाउने, ज्ञान दिने क्षेत्रमा लागेका व्यक्तिहरूले लामो समय देखि यो एउटा अन्योलमा रहँदा पनि आफैले बाटो किन खोज्न नसकेको ?
जे सुकै गर्न पनि सबैभन्दा ठुलो कुरा थिति र नीति रहेछ । मान्छेलाई गाइड गर्ने कुरा त्यो हो । तर तपाईँले यस्तो देश र अवस्था देख्नुभयो भने बिरक्तिनु हुन्छ । खाली शिक्षाको मात्र कुरा होइन । सबैभन्दा पिछडिएको र सबैभन्दा हेपिएको क्षेत्र भनेको शिक्षा हो । त्यसमा पनि अझ निजी क्षेत्र हेर्नु भयो वास्तविकता थाहा हुन्छ । संसारका विकासका पुर्वाधार देखि लिएर अहिले जुन खालको छलाङ मारेको छ त्यो त शिक्षाकै कारणले सम्भव भएको हो नि । तर हाम्रा नेताहरूलाई चेत कहिल्यै खुलेन ।शिक्षा अहिले पनि हेर्नु भयो भने शिक्षा मन्त्रालय कुनै राजनीति दलको प्राथमिकतामा पर्दैन । परिवर्तन गर्ने शिक्षा हो तर शिक्षा कसैको रोजाइमा परिरहेको अवस्था छैन । भने त्यो खालको नीति निर्देशन माथि बाट प्रस्ट रूपमा नआउँदा हामीले हाम्रा हिसाबले गर्दा अल्पकालीन रूपमा गरिराखेका हुन्छौँ । राज्यले अब तिमीहरू यति वर्षसम्म ढुक्कले चलाऊ भन्ने खालको अवस्था सिर्जना गरिदिने हो भने हामी युरोप र अमेरिकामा भएका त्यस्ता प्रविधि भित्र्याउन तयार छौ । निजी क्षेत्र त्यो मानेमा तयार छ । त्यो सबै लगानी गर्दाखेरि हाम्रो लगानी भोलि सुरक्षित हुन्छ कि हुँदैन भन्ने चिन्ता छ । निजी विद्यालयहरूले लिड नगरेको भए आज सामुदायिक विद्यालयको अवस्था यो अवस्थामा सुधार हुँदैनथ्यो । किनभने हिजोभन्दा आज सामुदायिक स्कुलहरूमा केही सुधार आएको अवस्था छ । यस्तो सुधार आउनको लागि प्रतिस्पर्धी चाहिन्छ । त्यो भुमिका हामीले हाम्रा विद्यालयले देखाए पछि सामुदायिक स्कुल कलेजहरू राम्रो भएको अवस्था छ ।
अब पोस्ट कोभिड शिक्षा कस्तो होला ?
अब हामीसँग भएको नेपाल सरकारले तोकेको र विश्व स्वास्थ्य सङ्गठनले तोकेका स्वास्थ्यका मापदण्डहरूलाई प्रयोग गरेर हाम्रा गतिविधिहरूलाई अगाडि बढाउनु पर्छ । जस्तो भर्ना प्रक्रिया छ अहिले ११ को । भर्ना प्रक्रियाहरू पुरा गर्ने । बिस्तारै यो न्यूनीकरण भयो भने १२ का परीक्षाहरू होलान् ।यी हाम्रा शैक्षिक गतिविधिहरूलाई अगाडि बढाउँदै जाँदा केही समय त लाग्छ । तर हामी एकदम हताशपूर्ण स्थितिमा गएको अवस्था छैन । भविष्यको उज्यालो किरण कतै छ भन्ने हामीलाई लागिरहेको छ ।हामी निराश हुने अवस्था छैन । हामी जस्तो शिक्षामा लागेका, बुझेका मान्छेहरू निराश हुन थाल्यो भने अरूले हामीबाट के अपेक्षा गर्ने ? भोलिका दिनमा बिस्तारै राम्रो होला । भ्याक्सिन आउला, निर्मुलिकरण होला र जनजीवन सामान्य हुँदै जाला भन्ने हाम्रो अपेक्षा छ ।
सबै कलेजहरूले हामीलाई जीवन उपयोगी शिक्षा दिन्छौँ भनेर भन्छन् । तर त्यो के के प्रयासहरू भएका छन् र त्यो कलेजले देखाउन किन सक्दैन भन्ने एउटा विद्यार्थीहरूको गुनासो छ । विनायक सिद्धमा चाहिँ तपाईँहरू जीवन उपयोगी शिक्षा दिनको लागि वा उनीहरूको सर्टिफिकेट भोलि बिकोस् भन्नका लागि के प्रयास गर्नु भएको छ ?
वास्तवमा के हो भने कसैले पनि म नराम्रो छु भनेर प्रस्तुत हुँदैन । अभिभावकहरूले ,बिध्यार्थिहरूले म गुणस्तरीय शिक्षा पढाई हुने कलेजमा वा जहाँ पढ्छु त्यहाँबाट मेरो जीवन सार्थक हुनसक्छ कि सक्दैन, म हिँड्ने बाटो ठिक छ कि छैन भन्ने कुरा पहिल्याउन त्यतिकै गार्हो छ । हेर्दाखेरि चिरिच्याट्ट सबैले बनाएका छन् । त्योभन्दा पनि विद्यार्थीले हेर्ने भनेको त्यहाँ पहिला पढेका दाजुभाइ दिदीबहिनीहरूले कस्तो शिक्षा पाएका छन् भन्ने कुरा हेर्नु पर्छ । त्यहाँ बाट गएको जनशक्ति कति रोजगारीमा लागेको छ मार्केटमा कति बिक्यो त्यो कुरा हेर्नुपर्छ । जीवन उपयोगी भनेको त्यही हो राष्ट्रिय अन्तर्राष्ट्रिय बजारमा जाँदा त्यहाँ प्रतिस्पर्धा गरेर स्थापित हुनसक्ने जनशक्ति उत्पादन गर्ने त्यो अभियानमा हामीले कुनै कसुर बाँकी राखेका छैनौँ ।
अब बिध्यार्थिहरू जसले चाबहिल एरियामा कलेज खोजिरहनु भएको छ उहाँहरूलाई तपाईँ के भन्न चाहनु हुन्छ ?
विनायक सिद्ध कलेज जो बिसौँ वर्ष शिक्षामा लागेका टिमहरूको एउटा समूह हो । त्यो विशुद्ध शैक्षिक संस्था हो । हामी न्यूनतम शुल्कमा मध्यम वर्गीय अभिभावकहरूले तिर्न सक्ने फिमा पढाउन सक्ने कलेज हो । अर्को हाम्रो के विधि छ भने विभिन्न खालका विद्यार्थीमा उत्कृष्ट क्षमता भएका बिध्यार्थिहरूलाई हामीले निः शुल्क शिक्षा दिन्छौँ । विनायक सिद्ध कलेजको गेटमा आइसकेपछि कुनै पनि विद्यार्थीले म सँग फि भएन, पुगेन भन्ने खालको कारणले फर्किनु पर्दैन । शिक्षाको क्षेत्रमा एउटा फरक खालको सोचबाट स्थापित कलेज हामी हो । त्यसैले यो कलेजलाई ढुक्क भएर विश्वास गर्नुस् ।