काठमाडौँ– माध्यमिक तह पछि शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको शिक्षक पदपूर्तिको लागि खुला विज्ञापन गर्ने भएको छ। उक्त तहमा २५ सय ९८ जना शिक्षकको नयाँ पदपूर्तिको लागि खुला विज्ञापन हुने भएको हो ।
यद्यपि आयोगले सूचना भने जारी गरिसकेको छैन। भोलि देखि खुल्ने विज्ञापनको सूचना भोलि बुधवारको गोरखापत्रमा प्रकाशित गरेर सूचना निकाल्ने र आयोगले आफ्नो वेबसाइटमा पनि राख्ने बुझिएको छ।
आयोगका अनुसार पुस ७ गतेदेखि माघ ६ गतेसम्म नियमित शुल्कमा र माग १३ गतेसम्म विलम्ब शुल्कमा परीक्षा आवेदन फाराम भर्नुपर्ने छ । साथै चैत्र १७ गते परीक्षा सञ्चालन हुने आयोगले जनाएको छ । त्यसै गरी यो परीक्षाको आवेदन फारम पनि म्यानुअल नभई अनलाइनबाट नै भर्ने व्यवस्था गरिएको छ ।