Matra Education आइतबार, साउन १० २०८३

किन फिर्ता लियो जिल्ला प्रशासनले विद्यालय खोल्ने निर्णय? अब के होला?

किन फिर्ता लियो जिल्ला प्रशासनले विद्यालय खोल्ने निर्णय? अब के होला?

  • मात्र एजुकेशन
  • बिहिबार, भाद्र ३१ २०७८


प्रतीकात्मक तस्बिर

काठमाडौं- जिल्ला प्रशासन कार्यालयले १ असोजदेखि भौतिक उपस्थितिमा उपत्यकाका विद्यालय संचालन गर्ने निर्णय फिर्ता लिएको छ।

अभिभावक तथा सरोकारवाला निकायबाट चौतर्फी विरोध भएपछि प्रशासन आफ्नो निर्णयबाट पछि हटेको हो।

निपा भाइरसको जोखिम बढेको, नेपालीहरूको ठूलो चाड दशैँ आउन लागेको भन्दै अभिभावक तथा जनस्तरबाट विद्यालय खोल्ने निर्णयको चर्को विरोध भएको थियो।

बिहीबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले शैक्षिक संस्थाहरू ९विद्यालय०ले भौतिक उपस्थितिमा पठनपाठन गर्न(गराउन नपाउने आदेश जारी गरेका हुन्।

गर्नै पर्ने भएमा स्थानीय तहहरूले जिल्ला कोभिड- १९ संकट व्यवस्थापन केन्द्रसँग समन्वय गरी विद्यालयहरू संचालन गर्न सक्ने आदेशमा उल्लेख छ।

“महानगरपालिका तथा नगरपालिकाले विद्यालय संचालन गर्नुपूर्व आआफ्नो पालिकास्तरमा कोभिड- १९ संक्रमणको अवस्था विश्लेषण गर्ने, विद्यालयमा कार्यरत शिक्षक, कर्मचारी, सवारी चालक तथा सहचालक, क्यान्टिन संचालक र संचालन समितिका पदाधिकारी सबैले अनिवार्य कोभिड-१९ विरुद्धको खोप लगाउनुपर्ने, अभिभावक तथा सरोकारवालाको छलफल र समन्वयमा स्थानीय तहमा विद्यालय संचालनको विवरण तथा ढाँचा तयार गरी सरकारले जारी गरेको स्मार्ट लकडाउनको प्रावधानभित्र रही संचालन गर्न सकिनेछ”, आदेशमा भनिएको छ।

आदेशमा कोभिड-१९ को संक्रमण कायमै रहेकाले अनावश्यक रुपमा घर बाहिर ननिस्कन, जात्रा महोत्सव नगर्न, स्वास्थ्य प्रोटोकल पालना गरेर चाडपर्व मनाउन भनिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड