Matra Education आइतबार, साउन १० २०८३

कहिले आउँछ माध्यमिक तह लाइसेन्सको नतिजा ? यसो भन्छ आयोग

कहिले आउँछ माध्यमिक तह लाइसेन्सको नतिजा ? यसो भन्छ आयोग

  • मात्र एजुकेशन
  • शुक्रबार, असार ३१ २०७९


काठमाडौँ- शिक्षक सेवा आयोग सानोठिमी भक्तपुरले माध्यमिक तहको शिक्षक अध्यापन अनुमति पत्र (लाइसेन्स) परीक्षाको नतिजा यथाशक्य छिटो गर्ने तयारीमा रहेको जनाएको छ।

खासगरि माध्यमिक तहको लाइसेन्स परीक्षा सकिएर निम्न माध्यमिक तहको पनि फारम बुझ्ने काम सम्पन्न भइसकेकाले नतिजा कहिले प्रकाशित हुन्छ भन्ने कौतुहलता परीक्षार्थीहरूमा छ। त्यही जिज्ञासा मेटाउनका लागि मात्र एजुकेसनले आयोगका प्रवक्तालाई नतिजा प्रकाशन गर्ने आयोगको तयारी बारे प्रश्न गरेको थियो।

आयोगका सूचना अधिकारी तथा उपसचिव सुदर्शन मरहट्ठा अहिले उत्तरपुस्तिका परीक्षणलाई आयोगले तीव्रता दिएको र यो अन्तिम चरणमा रहेकाले सम्पन्न हुनासाथ नतिजा प्रकाशित हुने बताउँछन् । उनका अनुसार कुनै बाधा नआएमा आगामी साउन १५ गतेसम्म मावि लाइसेन्स परीक्षाको नतिजा आउने अपेक्षा गर्न सकिन्छ। तर प्राविधिक समस्या आएमा भने यो समय केही लम्बिन सक्ने उनको भनाई छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड