Matra Education आइतबार, साउन १० २०८३

एसइई परीक्षा वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन गर्ने तयारी

एसइई परीक्षा वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन गर्ने तयारी

  • मात्र एजुकेशन
  • बुधबार, माघ २६ २०७८


काठमाडौँ- माध्यमिक शिक्षा परीक्षा (एसइई) वैशाख ९ गतेदेखि हुने भएको छ । बुधवार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसइई वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो । परीक्षाको समयतालिका भने बिहीबारको गोरखापत्र र बोर्डको वेबसाइटमा सार्वजनिक गर्ने जानकारी दिएको छ ।

स्थानीय चुनावको मितिसँग एसईईको तालिका नजुधोस् भनेर निर्वाचनको मिति तोकिएपछि मात्रै एसईईको समयतालिका निर्धारण गरिएको बोर्डका अध्यक्ष महाश्रम शर्माले बताए ।

उनले भने ‘हामीले वैशाखभित्र गर्ने भनेकै थियौं । तर निर्वाचन मिति तय नहुँदासम्म जुध्ने होकी भन्ने कुराले केही ढिलाइ भएको हो । निर्वाचन अघि नै परीक्षा सक्नेगरी मिति तय गरिएको हो ।’ बोर्डले विद्यार्थीलाई दुई महिना पढ्ने समय दिएर परीक्षाको समयतालिका सार्वजनिक गरेको जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड