Matra Education आइतबार, साउन १० २०८३

एनएमबि बैंकको २८ औं बार्षिक साधारण सभा सम्पन्न, अध्यक्षमा मनोज कुमार गोयल चयन

एनएमबि बैंकको २८ औं बार्षिक साधारण सभा सम्पन्न, अध्यक्षमा मनोज कुमार गोयल चयन

  • मात्र एजुकेशन
  • शनिबार, पौस २८ २०८०


काठमाडौँ- एनएमबि बैंकका संचालक समितिका अध्यक्ष, सञ्चालक र शेयरधनीहरुको उपस्थितिमा यही मिति २०८० पौष २६ गते, बिहिबार, राष्ट्रिय सभागृह, प्रदर्शनीमार्ग, काठमाण्डौंमा २८औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

एनएमबि बैंकको सञ्चालक समितिका अध्यक्ष श्री पवन कुमार गोल्याणको सभापतित्वमा उक्त साधारण सभा सम्पन्न भएको छ । सो साधारण सभामा बैंकका शेयरधनीहरुले आ–आफ्नो विचार समेत ब्यक्त गरेका थिए ।

उक्त साधारण सभामा पूर्व घोषित कार्यक्रम वमोजिम संस्थापक शेयरधनीहरुको तर्फबाट मनोज कुमार गोयल र जीवन कुमार कट्वाल निर्वाचित भएका छन् । यसैगरी, सर्वसाधारण शेयरधनीहरुको समुहबाट उत्तम भ्लोन, शिरिष कुमार मुरारका र हरिश्चन्द्र सुवेदी निर्वाचित भएका छन् । एफएमओको तर्फबाट निको पिलको सट्टामा शर्मिला हार्दि प्रकाशलाई मनोनित गरी पठाएको व्यहोरा समेत सभामा जानकारी गराईएको थियो ।
साथै, निर्वाचित सञ्चालकहरु समेतको सोही मितिमा बसेको बैठकले मनोज कुमार गोयललाई अध्यक्षमा चयन गरेको छ ।

बैंकको २०८० आषाढ सम्ममा खुद नाफा रु.३ अर्ब २२ करोड, निक्षेप रु.२१३.०४ अर्ब र कर्जा रु.१९७.४७ अर्ब रहेको छ ।

बैंकले हाल देशभरी २०१ शखा, १७१ एटिएम र १२ एक्सटेन्सन काउन्टरहरू मार्फत बैंकिङसेवा प्रदान गर्दै आइरहेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड