Matra Education शुक्रबार, कार्तिक १३ २०८३

उपराष्ट्रपति भन्छन् समान शिक्षाका लागि आन्दोलन जरुरी छ

उपराष्ट्रपति भन्छन् समान शिक्षाका लागि आन्दोलन जरुरी छ

  • मात्र एजुकेशन
  • मंगलबार, मंसिर १४ २०७८


काठमाडौँ- उपराष्ट्रपति नन्दबहादुर पुनले समान शिक्षाका लागि आन्दोलन जरुरी भएको बताएका छन्। चन्द्रागिरि नगरपालिका–२ वाडभन्ज्याङस्थित चण्डिकादेवी माध्यमिक विद्यालयमा सोमबारदेखि सुरु भएको श्रीमद्भागवत सप्ताह महायज्ञको उद्घाटन गर्दै उनले मुलुकमा जनमुखी र वैज्ञानिक शिक्षा आवश्यक रहेकाले शैक्षिक प्रणालीमा सुधार गर्नुपर्ने बताए । “शिक्षामा आएका दरार हटाउँदै, समान शिक्षाका लागि आन्दोलन जरुरी छ, शिक्षा क्षेत्रमा विभेद हुनु हुँदैन, पछिल्लो समय सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरसमेत बढेर गएको छ, विद्यालय व्यवस्थापन समिति र विद्यालय मिलेर अगाडि बढे शैक्षिक क्षेत्रको रूपान्तरण सम्भव छ”, उनले भने । सामुदायिक विद्यालयलाई प्राथमिकता दिएर अगाडि बढ्नुपर्ने उनको भनाइ थियो ।

उक्त सामुदायिक विद्यालयको भौतिक सुधारसँगै प्राविधिक शिक्षाको सञ्चालनका लागि महायज्ञ लगाइएको हो। महायज्ञ पछि शैक्षिक तथा भौतिक सुधार गर्दै विद्यालयलाई प्रविधिमैत्री र गुणस्तरीय शैक्षिक वातावरण तयार गर्ने ठाउँ बनाउने विद्यालयको सोच छ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड