Matra Education बुधबार, कार्तिक ११ २०८३

उपत्यकाव्यापी विद्यालय स्तरीय लोक नृत्य प्रतियोगितामा मनास्लु वर्ल्ड स्कुललाई द्वितीय पुरस्कार

उपत्यकाव्यापी विद्यालय स्तरीय लोक नृत्य प्रतियोगितामा मनास्लु वर्ल्ड स्कुललाई द्वितीय पुरस्कार

  • मात्र एजुकेशन
  • मंगलबार, भाद्र १९ २०८०


काठमाडौँ- राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) काठमाडौँ जिल्लाले आयोजना गरेको उपत्यकाव्यापी विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितामा चाबहिल स्थित मनास्लु वर्ल्ड स्कुलले द्वितीय स्थान हासिल गरेको छ।

कुल ७५ वटा विद्यालयहरूको सहभागिता रहेको प्रतियोगिताको यो पाँचौँ संस्करण हो। प्रतियोगितामा माउन्ट ग्लोरी स्कुल प्रथम हुँदा विपुल शिक्षा सदनले तेस्रो स्थान हात पार्‍यो। प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने प्रतियोगी विद्यालयले क्रमशः २५ हजार, २० हजार र १५ हजार नगद पुरस्कारका साथै प्रमाणपत्र तथा ट्रफी प्राप्त गरेका छन् । उत्कृष्ट दश स्थान प्राप्त गर्ने प्रतियोगीले समेत ट्रफि, प्रमाणपत्र र मेडल प्राप्त गरेका छन् ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्ति बहादुर बस्नेत प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा विभिन्न सरोकारवालाहरूको उपस्थिति रहेको प्याब्सन काठमाडौँ सचिवालय सदस्य तथा प्रचारप्रसार विभाग प्रमुख राजन श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड