काठमाडौं- शिक्षक सेवा आयोग, सानोठिमी, भक्तपुरले शिक्षक पदको खुला प्रतियोगितात्मक लिखित परीक्षा (सामान्य) को नतिजा प्रकाशन गरेको छ ।
आयोगले माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक लिखित परीक्षा (सामान्य) को नतिजा प्रकाशन गरेको हो ।
आयोगले मिति २०७९ चैत्र १८ गते लिएको माध्यमिक तह तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक लिखित परीक्षा (सामान्य) मा सहभागी भएका उम्मेदवारहरुमध्ये शिक्षक सेवा आयोग नियमावली, २०५७ को नियम १८ को उपनियम (२) बमोजिम (लुम्बिनी,सुदूरपश्चिम,कर्णाली,गण्डकी, बागमती, मधेश र कोशी प्रदेश) सातै प्रदेशको नतिजा सार्वजनिक गरेको हो ।
आयोगले विषयगत लिखित परीक्षा असार ३ गते सञ्चालन गर्ने गरी नतिजा सार्वजनिक गरेको छ ।
सातै प्रदेशको नतिजा हेर्नुहोस् :